वीरगंज । वीरगंज महानगरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीमा खटाइएका कर्मचारी हटाउन पहल थालेको छ।
महानगरपालिकाले सबै वडामा पत्राचार गर्दै आफूखुसी ज्यालादारीमा खटाइएका कर्मचारीलाई अबदेखि काममा नखटाउन र डोर हाजिरी प्रमाणित नगर्न निर्देशन दिएको छ।
महानगरको प्रशासन शाखाका अनुसार यसपटक २४५ जना दैनिक ज्यालादारीका कर्मचारी हटाइनेछन्। महानगरका प्रमुख कार्यकारी अधिकृत अरविन्दलाल कर्णले साउन महिनादेखि नै सबै ज्यालादारी कर्मचारीलाई हटाउन निर्देशन दिइसकेको जानकारी दिए।
मासिक तलबभत्ता दिन असमर्थ
महानगरका अनुसार अहिले आर्थिक अभावका कारण दैनिक ज्यालादारी कर्मचारीलाई मासिक तलबभत्ता उपलब्ध गराउन सक्ने अवस्था नरहेको छ।
प्रमुख कार्यकारी अधिकृत कर्णले भने, “महानगरसँग आर्थिक भार थेग्न सक्ने अवस्था नभएकाले सबै वडालाई पुनः पत्राचार गरी यो निर्णयबारे जानकारी गराइएको छ।”
यसअघि, महानगरले झण्डै ७०० जना ज्यालादारी कर्मचारीलाई हटाइसकेको थियो। हाल महानगरले आफ्नै कानून निर्माण गरी, कुन स्थानमा दैनिक ज्यालादारी कर्मचारी खटाउन सकिने भन्ने विषयलाई स्पष्ट पारेको छ।
महानगरको नयाँ नीति महानगरले निर्माण गरेको नयाँ कानूनी संरचनाअनुसार अब महानगरले आवश्यकताअनुसारमात्र कर्मचारी खटाउने निर्णय गरेको छ। कर्णले भने अब कानूनी दायराभित्र रहेर मात्रै महानगर अघि बढ्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८१ - ११:३२
काठमाडौं। गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ । शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार ...
मंसिर २९ गते, २०८१ - ११:२६
हैदाराबाद । पुष्पाः २ स्टार अल्लु अर्जुन हिजो पक्राउ परेका थिए तर आज बिहान उनी रिहा भएका छन् । यसपछि उनको धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेक...
मंसिर २९ गते, २०८१ - ११:२०
काठमाडौं । पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा...
मंसिर २९ गते, २०८१ - ११:१३
काठमाडौँ। काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ ड...
मंसिर २९ गते, २०८१ - १०:५३
सुलीकोट। गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर...
मंसिर २९ गते, २०८१ - १०:४५
मुगु। जिल्लाका चार वटा स्थानीय तहका वडा कार्यालयहरूले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जबाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुव...
मंसिर २९ गते, २०८१ - १०:२६
वीरगंज । वीरगंज महानगरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीमा खटाइएका कर्मचारी हटाउन पहल थालेको छ। महानगरपालिकाले सबै वडामा पत्राचार गर्दै आफूखुस...
मंसिर २८ गते, २०८१ - १७:५०
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् । आज प...
मंसिर २८ गते, २०८१ - १७:४२
काठमाडौं। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवा...
मंसिर २८ गते, २०८१ - १७:०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारीका लागि हाल युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु र...
प्रतिकृया लेख्नुहोस्: