Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

काठमाडौंले पोखरालाइ ६ विकेटले हरायो, प्ले अफको सम्भावना बढयो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ६  विकेटको सहज जित निकालेको छ ।

यो जीतसँगै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ ।

किनभने, यो फराकिलो जितसँगै काठमाडौंले ६ खेलमा आठ अंक जोडेको छ । पराजित पोखरा समान खेलबाट चार अंकमा सिमित रहेको छ ।

त्रिभुनव विश्वबिधालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाउँदै त्यो लक्ष्य पुरा गरेको थियो ।

पोखराका लागि स्टेफन स्किनाजीले ६०, माइकल लेभिटले ३२, जेरार्ड इरास्मसले अविजित २५ र भीम सार्कीले २२ रन बनाउन सफल भए भने काठमाडौंका लागि विपिन खत्रीले तीन र माइकल लिस्कले एक विकेट लिएका थिए ।

छैटौं ओभरको तेस्रो बलमा विपिन खत्रीले माइकल लेभिटलाई विकेटकिपर आन्द्रेस गौसबाट स्ट्याम्पिङ गराए उनले १८ बलमा ६ चौका र एक छक्काको मद्दतले ३२ रन बनाउन सफल भए ।

भीम सार्की  १२औं ओभरको चौथो बलमा पेभेलियन फर्किए । २० बलमा समान एक चौका र छक्काको मद्दतले २२ रन बनाएका उनलाई माइकल लिस्कले गौसबाट क्याच गराए ।

स्टेफन स्किनाजी १३औं ओभरको पहिलो बलमा ६० रन बनाएर पेभेलियन फर्किए । ३४ बलमा १० चौका प्रहार गरेका उनलाई विपिनले एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको अन्तिम बलमा कप्तान करण केसीलाई विपिनले गौसबाट स्ट्याम्पिङ गराए । उनले एक रनमात्रै बनाउ सके ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending