Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बिजुलीको उच्च माग हुँदा साँझमा आपूर्ति गर्न धौधौ, फेरि लोडशेडिङ हुने डर

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा विद्युत् उत्पादन कम भएको र जाडोका कारण माग बढ्दा नियमित बिजुली आपूर्तिमा "कठिनाइ हुन थालेको" अधिकारीहरूले बताएका छन्।

बर्खायाममा उत्पादन बढी भएर भारतलाई बिजुली बेच्दै आएको नेपालले बर्सेनि हिउँदयाममा बिजुलीको अभाव झेल्ने गर्छ। नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू 'रन अफ द रिभर' अर्थात् नदीमा बगेको पानीमा आधारित रहेकाले हिउँदमा पानी सुक्न थालेपछि उत्पादन क्षमतामा ह्रास आउने गर्छ।

त्यसबाट उत्पन्न अभाव पूर्ति गर्न नेपाल वर्षौँदेखि भारतबाट आयातित बिजुलीमा निर्भर रहँदै आएको छ। तर यस वर्ष दैनिक मुख्य माग हुने समयमा भारतबाट बिजुली आयात हुने अवस्था नरहेकाले माग धान्न धौधौ हुन थालेको अधिकारीहरूले बताएका छन्।

कति छ माग?

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार अहिले माग एकदमै धेरै हुने घण्टाहरूमा झन्डै १,९०० मेगावाट बिजुली आपूर्ति गर्नुपर्ने चुनौती छ।

प्राधिकरणका अनुसार बिहीवार 'पीक आवर' भनिने साँझको समयमा १,८७८ मेगावाट विद्युत्‌को माग थियो।

त्यस दिन 'पीक आवर'मा उत्पादन भने १,५६७ मेगावाट मात्र रहेको थियो। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार साँझ ५ बजेदेखि राति ९ बजेसम्म नेपालमा सबैभन्दा धेरै बिजुलीको माग हुने गर्छ।

घोषका अनुसार त्यस अवधिमा भारतबाट विद्युत् आयात हुँदै तर अघिपछि हुन्छ।

उत्पादन घट्दो

जाडो बढेर बिजुलीको माग बढिरहेका बेला उत्पादन भने निरन्तर घटिरहेको अधिकारीहरू बताउँछन्।

घोषले भने, "अहिले नै हामीलाई ५००/६०० मेगावाट अपुग छ। पानी पनि सुक्दै छ। त्यसले गर्दा विद्युत् उत्पादन घट्दै छ। माग बढिरहेको छ तर उत्पादन घटिरहेको छ।"

जानकारहरूका भनाइमा नदीको जलप्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन हिउँदमा एकतिहाइभन्दा बढीले घट्ने गर्छ। तर जाडोका बेलामा माग ह्वात्तै बढ्छ।

गत वर्ष मध्यजाडोका बेला 'पीक आवर'मा माग २,३०० मेगावाटसम्म पुगेको थियो। अधिकारीहरूले यसपालि त्यस्तो माग २,५०० मेगावाटको हाराहारी पुग्ने अनुमान गरेका छन्।

भारतबाट कति आयात हुन्छ

नेपालले यसपालि भारतबाट ६५४ मेगावाट बिजुली आयातको अनुमति पाएको छ। उक्त बिजुली मुजफ्फरपुर-ढल्केबर र टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट नेपालले पाउँछ।

तर प्राधिकरणका प्रवक्ता घोषका अनुसार ती दुवैतर्फबाट 'पीक आवर'मा बिजुली आयात हुँदैन।

"हामीले साँझ ५ देखि ९ बजेसम्म चार घण्टाबाहेक २० घण्टामा मात्र आयात गर्न पाउने भएकाले लोड धान्न अभाव भएको हो," उनले भने।

नेपालले भारतको उत्तर प्रदेश र बिहार क्षेत्रबाट थप ६०० मेगावाट बिजुली आयातको प्रस्ताव गरेको भए पनि भारतले त्यसमा कुनै प्रतिक्रिया नदिएको बुझिएको छ।

माथिल्लो तामाकोशीको आशा

अधिकारीहरूले दिएको जानकारीअनुसार दशैँअघिको बाढीपहिरोका कारण ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा क्षति पुगेपछि त्यसको असर अहिले देखा परेको हो।

असोज १२ गते केन्द्रको 'कन्ट्रोल रूम' मा माथिबाट पहिरो खस्दा त्यहाँ कार्यरत दुई कर्मचारी र सुरक्षामा खटिएका नेपाली सेनाका दुई जवानको ज्यान गएको थियो।

प्राधिकरणका अनुसार माथिबाट खसेको पहिरो र नदीमा आएको बाढीले केन्द्रको नियन्त्रणकक्ष, बाँध, बालुवा थिग्राउने पोखरी, त्यहाँसम्म पानी लैजाने नहर लगायतका संरचनासहित पहुँचमार्गमा पनि ठूलो क्षति पुर्‍याएको छ।

बाढीपहिरो जान थालेपछि उक्त आयोजनाले असोज ११ गते नै केन्द्रबाट विद्युत् उत्पादन रोकेको थियो।

अहिले उक्त आयोजनाको मर्मत कार्य जारी रहेको र चाँडै त्यो सञ्चालनमा आउने आशा गरिएको प्राधिकरणका प्रवक्ता घोषले बताए।

यद्यपि उनका अनुसार तामाकोशीको उत्पादन सुरु हुँदा अन्यको पानी कम भएर उत्पादन घट्न थाल्छ।

माथिल्लो तामाकोशी जलविद्युत् लिमिटेडका सूचना अधिकारी मित्रमणि पोखरेलले बाढीपहिरोले क्षति पुगेका संरचनाहरूको मर्मत जारी रहेको बताए।

उनले भने, "अहिले हामीले धमाधम मर्मतको काम गरिरहेका छौँ। पुस १० गतेभित्र आंशिक रूपमा भए पनि सञ्चालनमा ल्याउने भनेर काम भइरहेको छ।"

"तर १० गतेभित्र भन्दा पनि पुस महिनाभित्र मर्मत सम्पन्न भएर विद्युत् उत्पादन सुरु हुन्छ।"

लोडशेडिङ हुने सम्भावना कति? 

मागअनुसार विद्युत् आपूर्ति नहुने अवस्था आएपछि त्यसको व्यवस्थापनका लागि विभिन्न उपायहरू गरिरहेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

'पीक आवर'मा भारतबाट विद्युत् आयात पनि नहुने भएकाले कतिपय उद्योगहरूमा आपूर्ति बन्द गरेर प्राधिकरणले सर्वसाधारण उपभोक्तालाई विद्युत् दिने गरेको अधिकारीहरू बताउँछन्। उक्त समयमा प्राधिकरणले औद्योगिक क्षेत्रमा आपूर्ति बन्द गरेर घरेलु ग्राहकहरूलाई बिजुली आपूर्ति गर्दै आएको छ।

नेपालको कुल विद्युत् मागमध्ये करिब ३० प्रतिशत औद्योगिक क्षेत्रको रहेको घोषले बताए।

उनले भने, "घरेलु उपभोक्ताको माग धेरै भएकाले त्यसलाई व्यवस्थापन गर्न औद्योगिक क्षेत्रको बिजुली दिइरहेका छौँ।"

त्यसो भए पहिलेजस्तै तालिका निकालेर 'लोडशेडिङ' हुन पनि सक्छ त? उत्तर दिँदै घोषले भने, "अहिले केही भन्न सकिँदैन।"

नेपाल विद्युत् प्राधिकरणले विसं २०७३ सालको लक्ष् पूजाकै दिनबाट सर्वसाधारण उपभोक्ता र २०७५ सालबाट औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending