Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बिजुलीको उच्च माग हुँदा साँझमा आपूर्ति गर्न धौधौ, फेरि लोडशेडिङ हुने डर

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा विद्युत् उत्पादन कम भएको र जाडोका कारण माग बढ्दा नियमित बिजुली आपूर्तिमा "कठिनाइ हुन थालेको" अधिकारीहरूले बताएका छन्।

बर्खायाममा उत्पादन बढी भएर भारतलाई बिजुली बेच्दै आएको नेपालले बर्सेनि हिउँदयाममा बिजुलीको अभाव झेल्ने गर्छ। नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू 'रन अफ द रिभर' अर्थात् नदीमा बगेको पानीमा आधारित रहेकाले हिउँदमा पानी सुक्न थालेपछि उत्पादन क्षमतामा ह्रास आउने गर्छ।

त्यसबाट उत्पन्न अभाव पूर्ति गर्न नेपाल वर्षौँदेखि भारतबाट आयातित बिजुलीमा निर्भर रहँदै आएको छ। तर यस वर्ष दैनिक मुख्य माग हुने समयमा भारतबाट बिजुली आयात हुने अवस्था नरहेकाले माग धान्न धौधौ हुन थालेको अधिकारीहरूले बताएका छन्।

कति छ माग?

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार अहिले माग एकदमै धेरै हुने घण्टाहरूमा झन्डै १,९०० मेगावाट बिजुली आपूर्ति गर्नुपर्ने चुनौती छ।

प्राधिकरणका अनुसार बिहीवार 'पीक आवर' भनिने साँझको समयमा १,८७८ मेगावाट विद्युत्‌को माग थियो।

त्यस दिन 'पीक आवर'मा उत्पादन भने १,५६७ मेगावाट मात्र रहेको थियो। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार साँझ ५ बजेदेखि राति ९ बजेसम्म नेपालमा सबैभन्दा धेरै बिजुलीको माग हुने गर्छ।

घोषका अनुसार त्यस अवधिमा भारतबाट विद्युत् आयात हुँदै तर अघिपछि हुन्छ।

उत्पादन घट्दो

जाडो बढेर बिजुलीको माग बढिरहेका बेला उत्पादन भने निरन्तर घटिरहेको अधिकारीहरू बताउँछन्।

घोषले भने, "अहिले नै हामीलाई ५००/६०० मेगावाट अपुग छ। पानी पनि सुक्दै छ। त्यसले गर्दा विद्युत् उत्पादन घट्दै छ। माग बढिरहेको छ तर उत्पादन घटिरहेको छ।"

जानकारहरूका भनाइमा नदीको जलप्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन हिउँदमा एकतिहाइभन्दा बढीले घट्ने गर्छ। तर जाडोका बेलामा माग ह्वात्तै बढ्छ।

गत वर्ष मध्यजाडोका बेला 'पीक आवर'मा माग २,३०० मेगावाटसम्म पुगेको थियो। अधिकारीहरूले यसपालि त्यस्तो माग २,५०० मेगावाटको हाराहारी पुग्ने अनुमान गरेका छन्।

भारतबाट कति आयात हुन्छ

नेपालले यसपालि भारतबाट ६५४ मेगावाट बिजुली आयातको अनुमति पाएको छ। उक्त बिजुली मुजफ्फरपुर-ढल्केबर र टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट नेपालले पाउँछ।

तर प्राधिकरणका प्रवक्ता घोषका अनुसार ती दुवैतर्फबाट 'पीक आवर'मा बिजुली आयात हुँदैन।

"हामीले साँझ ५ देखि ९ बजेसम्म चार घण्टाबाहेक २० घण्टामा मात्र आयात गर्न पाउने भएकाले लोड धान्न अभाव भएको हो," उनले भने।

नेपालले भारतको उत्तर प्रदेश र बिहार क्षेत्रबाट थप ६०० मेगावाट बिजुली आयातको प्रस्ताव गरेको भए पनि भारतले त्यसमा कुनै प्रतिक्रिया नदिएको बुझिएको छ।

माथिल्लो तामाकोशीको आशा

अधिकारीहरूले दिएको जानकारीअनुसार दशैँअघिको बाढीपहिरोका कारण ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा क्षति पुगेपछि त्यसको असर अहिले देखा परेको हो।

असोज १२ गते केन्द्रको 'कन्ट्रोल रूम' मा माथिबाट पहिरो खस्दा त्यहाँ कार्यरत दुई कर्मचारी र सुरक्षामा खटिएका नेपाली सेनाका दुई जवानको ज्यान गएको थियो।

प्राधिकरणका अनुसार माथिबाट खसेको पहिरो र नदीमा आएको बाढीले केन्द्रको नियन्त्रणकक्ष, बाँध, बालुवा थिग्राउने पोखरी, त्यहाँसम्म पानी लैजाने नहर लगायतका संरचनासहित पहुँचमार्गमा पनि ठूलो क्षति पुर्‍याएको छ।

बाढीपहिरो जान थालेपछि उक्त आयोजनाले असोज ११ गते नै केन्द्रबाट विद्युत् उत्पादन रोकेको थियो।

अहिले उक्त आयोजनाको मर्मत कार्य जारी रहेको र चाँडै त्यो सञ्चालनमा आउने आशा गरिएको प्राधिकरणका प्रवक्ता घोषले बताए।

यद्यपि उनका अनुसार तामाकोशीको उत्पादन सुरु हुँदा अन्यको पानी कम भएर उत्पादन घट्न थाल्छ।

माथिल्लो तामाकोशी जलविद्युत् लिमिटेडका सूचना अधिकारी मित्रमणि पोखरेलले बाढीपहिरोले क्षति पुगेका संरचनाहरूको मर्मत जारी रहेको बताए।

उनले भने, "अहिले हामीले धमाधम मर्मतको काम गरिरहेका छौँ। पुस १० गतेभित्र आंशिक रूपमा भए पनि सञ्चालनमा ल्याउने भनेर काम भइरहेको छ।"

"तर १० गतेभित्र भन्दा पनि पुस महिनाभित्र मर्मत सम्पन्न भएर विद्युत् उत्पादन सुरु हुन्छ।"

लोडशेडिङ हुने सम्भावना कति? 

मागअनुसार विद्युत् आपूर्ति नहुने अवस्था आएपछि त्यसको व्यवस्थापनका लागि विभिन्न उपायहरू गरिरहेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

'पीक आवर'मा भारतबाट विद्युत् आयात पनि नहुने भएकाले कतिपय उद्योगहरूमा आपूर्ति बन्द गरेर प्राधिकरणले सर्वसाधारण उपभोक्तालाई विद्युत् दिने गरेको अधिकारीहरू बताउँछन्। उक्त समयमा प्राधिकरणले औद्योगिक क्षेत्रमा आपूर्ति बन्द गरेर घरेलु ग्राहकहरूलाई बिजुली आपूर्ति गर्दै आएको छ।

नेपालको कुल विद्युत् मागमध्ये करिब ३० प्रतिशत औद्योगिक क्षेत्रको रहेको घोषले बताए।

उनले भने, "घरेलु उपभोक्ताको माग धेरै भएकाले त्यसलाई व्यवस्थापन गर्न औद्योगिक क्षेत्रको बिजुली दिइरहेका छौँ।"

त्यसो भए पहिलेजस्तै तालिका निकालेर 'लोडशेडिङ' हुन पनि सक्छ त? उत्तर दिँदै घोषले भने, "अहिले केही भन्न सकिँदैन।"

नेपाल विद्युत् प्राधिकरणले विसं २०७३ सालको लक्ष् पूजाकै दिनबाट सर्वसाधारण उपभोक्ता र २०७५ सालबाट औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending