काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् ।
बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ । यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए ।
कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटमा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताए । कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारलेसमेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गरे ।
कतारी राजदूत अन्सारीले दुई देशको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए । कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए । उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्नु सकारात्मक रहेको बताएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
पौष ३ गते, २०८१ - १८:५७
तेहरान । इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा पारित भइसकेको तर अन्तिम पुष्टिक...
पौष ३ गते, २०८१ - १८:५३
सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको...
पौष ३ गते, २०८१ - १८:२४
मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...
प्रतिकृया लेख्नुहोस्: