सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको ५० शय्याको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको हो ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बुधबार एक औपचारिक कार्यक्रमबिच अस्पतालको भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा बोल्दै खड्काले कर्णालीका १० जिल्लाका नागरिकले अब सहज रुपमा उपचार पाउने दावी गरे । अस्पताल निर्माणपछि सरुवारोग उपचारका लागि बाह्य प्रदेश जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।
सस्तो र सहज रुपमा कर्णालीका नागरिकले कर्णालीमै उपचार पाउने उनले बताए । ‘प्राविधिक कारणले काम सुरु गर्न ढिलाइ भएको थियो । अब समयमै काम सक्नेगरी निर्माण सुरु भएको छ’ उनले भने, ‘दुई वर्षमा सम्पन्न हुनुपर्ने मेहलकुना अस्पताल भवन पाँच वर्षसम्म पनि बनेन । त्यसैले यो सरुवा रोग अस्पताल निर्माणमा पनि ढिलाइ गर्नहुँदैन । अस्पताल निर्माणका लागि बजेटको कमी हुन नदिने र भुक्तानीमा ढिलाइ हुन नदिने भन्दै ठेकेदारलाई रप्तारमा काम गर्न उनले आश्वासनसहित आग्रह गरे ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका अनुसार एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि सङ्घीय अर्थ मन्त्रालयले ५० करोड स्राेत सुनिश्चित गरेपछि बहुवर्षीय ठेक्का सहमति भएको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ४१ करोड १५ लाख ४६ हजारमा ठेक्का आह्वान भएकोमा ३१ करोड २१ लाख ४३ हजारमा भ्याट रकमसहित ठेक्का सम्झौता भएको छ ।
२०८१-०४-१३ गते निर्माण व्यवसायी : श्री चक्रेश्वरी-कुशेश्वर सि.एल.जे.भि काठमाण्डौले सम्झौता गरेको हो । निर्माण व्यवसायी जयराम घलेले ठेक्का लिएको यो अस्पताल भवन २०८३-०४-१२ गतेभित्र निर्माण भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का सम्झौतापछि २०८१-०७-०६ मा एक करोड ३५ लाख (५%) मोबिलाइजेशन पेश्की रकम भुक्तानी गरिएको छ । प्रादेशिक सरुवारोग अस्पताल भवनको लम्बाइ ५२.६ मि चौडाइ २२.५ मि को हुनेछ भने भवन तीन तलाको बन्नेछ ।
पहिलो तलामा बिरामी चेकजाँच हुनेछ भने माथिल्लो २ तलामा ५० वटा बेड रहनेछ । यस बाहेक पार्किङ्सहितको खाजाघर लगायतका संरचना बन्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - २०:५७
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...
बैशाख २० गते, २०८२ - २०:५४
काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...
बैशाख २० गते, २०८२ - २०:५०
सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...
बैशाख २० गते, २०८२ - २०:४६
पाकिस्तान । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सी...
बैशाख २० गते, २०८२ - २०:४०
बाजुरा । बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार नगरपालिका–८ गोठीस्थित गोरख बोहराको घरमा विद्युत सट भइ तीन तले घर जले...
बैशाख २० गते, २०८२ - २०:२३
काठमाडौं । नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञ...
बैशाख २० गते, २०८२ - २०:१९
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशास...
बैशाख २० गते, २०८२ - २०:१३
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताएका छन् । एआई कार्यशालामा स...
बैशाख २० गते, २०८२ - २०:०१
यही हुन् बैठकका निर्णयहरू
बैशाख २० गते, २०८२ - १९:१५
भोजपुर । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले...
प्रतिकृया लेख्नुहोस्: