काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्ती करणीका दैनिक सात वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घटनाहरु बढेको बताए ।
उनले कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएको मा यो वर्ष १९२ मुद्दा दर्ता भएको जानकारी दिए । त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरु दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दाहरु दर्ता भएका थिए ।
जबरजस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही अवधीमा बढेर १८६ वटा पुगेको छ । सङ्गठिक अपराधमा गत वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी मुद्दाहरु गत आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार ३६९ रहेकोमा अहिले बढेर एक हजार ६१९ पुगेको छ ।
सामाजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
पौष ३ गते, २०८१ - १८:५७
तेहरान । इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा पारित भइसकेको तर अन्तिम पुष्टिक...
पौष ३ गते, २०८१ - १८:५३
सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको...
पौष ३ गते, २०८१ - १८:२४
मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...
पौष ३ गते, २०८१ - १८:१७
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
प्रतिकृया लेख्नुहोस्: