काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे ।
सभापति देउवाले नेपालको संविधान र कानुनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएको भए पनि व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । दलित वर्गलाई राज्यका निकायहरुमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतिको विषय रहेको भन्दै त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक रहेको जिकिर गरे ।
उनले भने, ‘‘समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो । राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव हुन्छ । नेपालको संविधान र कानुनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएका छन् ।,’’ सभापति देउवाले भने, ‘‘तर यसको व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन जरुरी छ । हाम्रो संविधानले खास गरी राज्यको मुल धार भन्दा बाहिर रहेका जाति, वर्ग, क्षेत्र र समुदायका लागि राज्यका सबै निकायमा यथा सम्भव समानुपातिक, समावेशिता र आरक्षणको सुनिश्चितता गरेको छ । यही मान्यतालाई आत्मसाथ गर्दै हामीले दलित आयोग जस्ता संवैधानिक संस्थाहरुको गठन गरेका हौँ । त्यसका बाबजुत दलित वर्गलाई राज्यका निकायहरुमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतिको विषय छ ।’’
सदियौँदेखि उपेक्षित, उत्पीडित वर्गको राज्यमा समान हक र पहुँच बिना समृद्धिको नारा दिएर मात्रै देश अघि बढ्न नसक्ने उहाँको भनाइ छ । सामाजिक र सांस्कृतिक रुपान्तरणको मुद्दालाई व्यवहारिक कार्यान्वयन गर्न सरकार, राजनीतिक दल, दलित समुदायसहित सिङ्गो समाज एकाकार भएर लाग्नुपर्ने बताए ।
सभापति देउवाले दलित वर्गको हक, अधिकार र समावेशिताको विषय दलित समुदायको मात्रै नभइ गैरदलित समुदायको पनि विषय भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
प्रतिकृया लेख्नुहोस्: