ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान र मकै खेतीका लागि मौसम अनुकूल भएकाले उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले यसवर्ष धान र मकै दुवै बाली उत्पादनमा वृद्धि भएको बताए । थापामगरका अनुसार यो वर्ष पाँच हजार ५५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
उक्त क्षेत्रफल बराबरको खेतीबाट १५ हजार ८३२ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए । त्यस्तै ११ हजार २१५ हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ४० हजार २७६ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गतवर्ष पाँच हजार ५५३ हेक्टर क्षेत्रफलमै धान खेती गरिएकोमा १५ हजार ८२६ मेट्रिकटन मात्र उत्पादन भएको थियो । गतवर्ष भन्दा यो वर्ष छ मेट्रिकटन बढी धान उत्पादन भएको छ । यस्तै मकै बाली पनि गत वर्ष ११ हजार २१० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ३९ हजार ९१८ मेट्रिकटन मात्र मकै उत्पादन भएको थियो ।
यसवर्ष खेती लगाउने समयमा वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले गतवर्षको तुलनामा केही परिमाणमा धान उत्पादन वृद्धि भएको हो । त्यस्तै मकै बालीका पनि मौसम अनुकूल भएकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख थापामगरको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १९:३८
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...
पौष ४ गते, २०८१ - १८:५९
मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...
पौष ४ गते, २०८१ - १८:४५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...
पौष ४ गते, २०८१ - १८:३९
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...
पौष ४ गते, २०८१ - १८:३४
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...
पौष ४ गते, २०८१ - १८:२७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् स...
पौष ४ गते, २०८१ - १८:२१
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार...
पौष ४ गते, २०८१ - १८:१३
सुर्खेत । सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ...
पौष ४ गते, २०८१ - १८:०८
झापा । झापाकाे दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन् । सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर स...
पौष ४ गते, २०८१ - १८:०५
काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ । यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्...
प्रतिकृया लेख्नुहोस्: