काठमाडौं । क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ ।
यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजरायलमा पाइएको दाबी गरिएको छ। यो बक्सा २००० वर्ष भन्दा पुरानो हो। हाल यो बक्सलाई अमेरिकाको एक प्रदर्शनीमा राखिएको छ, त्यसपछि यो फेरि मिडियामा चर्चामा आएको छ ।
सो बाकसमा अरामी भाषामा ‘जोसेफको छोरा जेम्स’ लेखिएको छ। संसारका पुरातात्विक विज्ञहरूले यसलाई येशूको समयको सबैभन्दा महत्त्वपूर्ण वस्तु भनेका छन्। यो बाकस चूना ढुङ्गाबाट बनेको छ र कुँदिएको छ। यस अस्थिमा, ‘जेम्स, जोसेफका छोरा’ अर्थात येशुका भाइ भनेर अरामी भाषामा लेखिएको छ। जसका कारण पुरातत्वविद्हरूले जेम्स द जस्टको अवशेष यस बाकसमा कुनै समय राखेको हुनसक्ने अनुमान गरेका छन् ।
खासमा जेम्स जेरूशलेममा ईसाईहरूको पहिलो धार्मिक नेता थिए। जेम्स येशूका भाइ थिए र जसलाई क्रुसमा टाँगिएको थियो। उनी यरूशलेममा ईसाईहरूको पहिलो नेता हुनुहुन्थ्यो। जानकारीका अनुसार हाल अमेरिकाको एट्लान्टास्थित पुलम्यान यार्डमा क्राइस्टका समयका ३५० वटा ऐतिहासिक कलाकृति प्रदर्शनीमा राखिएको छ ।
जानकारीका अनुसार यो बक्स सन् १९७६ मा फेला परेको थियो । तर धेरै बाइबलीय पुरातात्विक खोजहरू जस्तै यो कास्केट विवादमा फसेको थियो, जब यो २००२ मा सार्वजनिक रूपमा अनावरण गरिएको थियो।
तर, पछि २००३ मा यसको मालिक ओडेड गोलानलाई यो पुरातात्विक वस्तु माथी जालसाँझी गरेको आरोप लगाइएको थियो, उनले चुनढुङ्गाको सो बाकासमा ‘ब्रदर अफ जीसस’ भन्ने वाक्यांश थपेको विज्ञहरुको आरोप छ । यो आरोपपछि गोलनले आफ्नो नाम निर्दोष बनाउनका लागि संघर्ष गरेका थिए तर १० वर्षको सुनुवाइपछि उनी निर्दोष साबित भए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - २२:४६
सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...
फाल्गुन ११ गते, २०८२ - २२:३०
पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...
फाल्गुन ११ गते, २०८२ - १९:५४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...
फाल्गुन ११ गते, २०८२ - १९:५२
काठमाडौं । फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...
फाल्गुन ११ गते, २०८२ - १९:४१
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...
फाल्गुन ११ गते, २०८२ - १९:२१
"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”
फाल्गुन ११ गते, २०८२ - १९:१९
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...
फाल्गुन ११ गते, २०८२ - १८:४८
काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...
फाल्गुन ११ गते, २०८२ - १८:३०
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका(६, को फोतगाउँको कुल मतदाता संख्या ४० र...
फाल्गुन ११ गते, २०८२ - १८:२५
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचो...



प्रतिकृया लेख्नुहोस्: