Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

आरक्षणः दोहोरो धार भएको राजनीतिक हतियार

कुमार दाहाल

बाबा अम्बेडकरको विषयमा भारतका गृहमन्त्री अमित शाहको लोकसभाभित्रको वक्तव्यलाई लिएर भारतीय संसदमा हंगामा भएको छ । बाबा अम्बेडकर अनुसूचित र सीमान्त जाति र वर्गको आरक्षण, संरक्षण र उत्थानको विषयका ठूला संस्थापक योद्धा हुन् । भर्खरै बंगलादेशमा आरक्षणको विषयलाई लिएर सत्ताको तख्तापलट भएको छ । भारतीय राष्ट्रिय कांग्रेसको सामाजिक न्याय र संरक्षणवादी अडानले भारतीय लोकसभामा बाबा अम्बेडकरको विषय निकै चर्को रुपमा उठेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी राष्ट्रवाद र राष्ट्र प्रथमको नीति र युरोपमा चल्दै गरेको राष्ट्रवादको समर्थनले संसारमा आन्तरिक राष्ट्रवादको संकेत देखापरेको छ । यद्यपि यो विषय निश्चित वर्ग जनजातिको उत्थान र संरक्षणको विषयमात्र नहोला, तर राजनीतिभित्र देखिएका यस्ता संकेत चरम पुँजीवाद र प्रजातन्त्रभित्र बढ्दै गएको प्रियतावादको उत्कर्ष होइनन् भन्न सकिँदैन ।

आरक्षण संरचनात्मक भेदभाव हो । यो भेदभाव नै समानताको औजार मानिन्छ । सामाजिक न्यायको उत्तर आधुनिक मन्त्र आरक्षण नै हो । अर्थशास्त्रको पुँजीले मात्र न्याय दिँदैन भन्ने मार्क्सवादी अवधारणा अहिले चरितार्थ हुँदैछ । किन्सिएन अर्थशास्त्रको असफलताको विषय मार्क्सले त्यतिखेरै भनेका थिए । मान्छेको योग्यताको न्यायपूर्ण वितरण प्रणालीबाट मात्र बजारमा न्याय प्राप्त हुन्छ भन्ने विषय आरक्षणको मूल आशय हो । संसारमा ८० को दशकसम्म सामाजिक न्यायका विषय ओझेल थिए । किनकि अर्थतन्त्र र पुँजीको उपयोग राज्यको नियन्त्रणभित्र थियो । सन् १९८० को नवपुँजीवादले यो नियन्त्रण भङ्ग गरिदियो । भौगोलीकरण र व्यापारले धनी र गरिबको खाडल झन् बढायो ।

यो चिन्ता तिनै देशलाई थियो, जसले गरिब देशबाट समेत पुँजी भित्र्याउँदै थिए र छन् । यो विषय गरिब देशले थाहै पाएनन् । सहश्राब्दी विकास लक्ष्य, वातावरण र जलवायु परिवर्तन, मानव अधिकार, प्रजातन्त्र र सामाजिक न्यायका नाममा जी(सेभेन र जी(ट्वेन्टीले अविकसित देशमा ऋण अनुदान दिँदै गए । यो उनीहरूको अनिवार्य दायित्व र संरक्षणवादी नीति थियो र छ, तर हाम्रा जस्ता देश ऋण र अनुदानबाट यति थिचिए कि देशभित्रै सामाजिक न्याय र आरक्षणलाई मूल सिद्धान्तको रुपमा अपनाउनुपर्ने बाध्यता बन्यो ।

यसबाट विकसित देशलाई दुइटा फाइदा भयो । पहिलो( गरिब देश सधैं सामाजिक न्याय र वितरण प्रणालीभित्रै रमाइरहन्छन् र दोस्रो( पुँजीको अत्यधिक उपयोग तिनै धनी देशले गरिरहन्छन् । जसको फाइदा गरिब देशले संरक्षणको रुपमा लिने गर्छन् । यस्ता संरक्षण हामीले अपनाइएको सामाजिक न्याय नै हो, तर यो गहिराइसम्म पुग्न हाम्रा नीति निर्माता तत्पर छैनन् । किनकि अन्तर्राष्ट्रिय बजार र पुँजीको उपयोग सम्बन्धमा हामी धनी देशसँग आँखा जुधाएर वार्ता गर्न सक्दैनौं । यसको अर्थ गरिब देश जति सक्दो सहायता र अनुदान लिनमा उत्सुक हुन्छन्, हतारिन्छन् ।

आरक्षण र संरक्षण जस्ता नीतिले वर्गको उत्थानमा समानता पहुँच र अपनत्व त दिन्छ नै, तर दीर्घकालमा यो अधिकारको रुपमा स्थापित हुन्छ । त्यसैले आरक्षण धेरै वर्षसम्म रहिरहनु हुँदैन । नत्र यो आदत बन्छ । बङ्गलादेशको पछिल्लो उदाहरण यही हो । यो आदतले योग्यता प्रणालीलाई मात्र खराब गर्दैन । देशको शासन प्रणालीमाथि नै चुनौती दिनसक्छ । भारत, बंगलादेश, पाकिस्तान नेपाल अहिले यही अवस्थाबाट गुज्रिरहेका छन् ।

आरक्षण दोहोरो धार भएको तरवार हो । यसको तटस्थ तर्क कुतर्क हुनसक्छ । आरक्षणका पक्षधर विरुद्धमा बोल्न कठिन छ । त्यसैले आरक्षणको विश्लेषण गर्दा यसको तथ्यमा आधारित भएर गर्नुपर्छ । आरक्षणबाट शिक्षा, राजनीति, नोकरी प्राप्त हुन्छ । त्यसैले आरक्षणका पक्षधर यसको विरोध रुचाउँदैनन् । गरिबी देशमा वितरण प्रणाली तटस्थ हुन सक्दैन । किनकि स्रोतको सीमितता हुन्छ । पिछडिएको र सीमान्त वर्गमा स्रोतको वितरणमा समानता नभएको विश्वास रहन्छ । यो विश्वास जित्न सरकारले आरक्षणको नीति दिन्छ ।

बीसौं शताब्दीका ठूला विचारक जोन रहल्स, डेकाटेले राज्यका नीतिमा तटस्थताको सिद्धान्त प्रतिपादन गरे । आरक्षणको प्रमुख सिद्धान्त तटस्थताको सिद्धान्त हो । समाजका सबै पक्षलाई तटस्थ रुपमा हेर्ने र सम्मान गर्ने व्यवस्था आरक्षण हो । सिद्धान्ततः आरक्षण समानताको विरुद्ध हुन्छ । आरक्षण बुझ्न समानता, समतामूलक व्यवहार बुझ्नुपर्छ । नेपालमा महिला, मधेशी, अपाङ्ग, पिछडिएको वर्गलाई आरक्षण कहिलेसम्म दिने भन्ने विषय झूटो विषय हो । किनकि राजनीतिले सधैंभरि आरक्षण खोजिरहन्छ । भारतको संविधानमा राजनीतिक आरक्षण १० वर्षसम्म र कर्मचारीतन्त्रको आरक्षणको विषयमा केही लेखिएको छैन । बेलाबेला यो विषयमा त्यहाँको अदालतका आदेश बढी आकर्षित हुने गर्छन् । अहिले भारतको संसदमा चर्किएको विषयको अप्रत्यक्ष आशय यही हो ।
नेपालको आरक्षण यही सिद्धान्त र अन्तर्राष्ट्रिय परिवेशबाट प्राप्त भएको विषय हो, तर यसलाई हामीले पञ्चायत र शासन प्रणालीको दोष ठान्यौं । यो दोष आन्तरिकमात्र थिएन । सामाजिक न्याय, मानव अधिकारका विषयमा हामीले झण्डै दर्जनौं अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरेका छौं । त्यसपछि गरिबी निवारण कोष, सहश्राब्दी विकास लक्ष्य, शासकीय सुधार, डब्ल्यूटीओ सदस्यताको प्राविधिक सहयोगलगायत थुप्रै क्षेत्रमा खर्बौंभन्दा बढी अनुदान र ऋण लियौं, तर ती सबै अहिले मूल नीतिमा छैनन् ।

हामीले अन्तर्राष्ट्रिय क्षेत्र दाता र समूहबाट सामाजिक न्याय र तल्लो वर्गको उत्थानको लागि लिएको सहयोगको मूल्याङ्कन कसले गर्ने रु यसैको प्रत्युत्पादक अहिले आरक्षण भएको छ । यदि यी कार्यक्रम सफल भएको भए आरक्षणको लागि नीतिमै दबाब गर्नुपर्ने स्थिति आउँदैनथ्यो, तर आज हामी आरक्षणलाई झन् विस्तृत बनाउँदैछौं । यो तत् वर्गको अधिकारको कुरा पक्कै हो, तर यसले अन्त्यमा झन् ठूलो सामाजिक विभेद खडा गर्छ भन्ने विज्ञता पक्कै राज्यका नीति निर्मातालाई थाहा होला ।

नेपालमा राजनीति र प्रशासन दुवै क्षेत्रमा आरक्षण छ । नेपालको अन्तरिम संविधान २०६३ ले महिलालाई राजनीतिमा ३३ प्रतिशत र प्रशासनमा महिला र सबै समुदाय तथा वर्गलाई ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्‍यो । महिला, आदिवासी तथा जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्ग र पिछडिएको वर्गलाई आरक्षण दिइयो । अन्य सामाजिक न्यायका विषय छुट्टै छन् । वितरण प्रणालीमा आधारित सामाजिक न्याय र सकारात्मक विभेदका नीति तत् वर्गलाई छँदैछन् । विगत १५ वर्षमा आरक्षण र यसको प्रभाव उल्लेख्य छैन । अहिले तत् वर्गका सीमान्त क्षेत्र आरक्षणको नीतिप्रति उदासीन छन् ।
यसको अर्थ आरक्षण नीति होइन, यसको प्रयोगको अप्रभावकारिता मुख्य हो । अपाङ्गता नदेखिने अपाङ्गले आरक्षणको सुविधा लिएका छन् । वास्तविक अपाङ्ग यसको पहुँचभित्रै छैन । तत् वर्गका उपल्लो वर्गले महिलाको आरक्षण उपयोग गरेको छ । सीमान्त महिला अहिले वैदेशिक रोजगारतर्फ आकर्षित छन् । पिछडिएको वर्गका शहर केन्द्रितले आरक्षणको सुविधा लिएका छन् । गाउँमा आरक्षण पुगेकै छैन । प्रथमतः आरक्षण दिने वर्ग र क्षेत्र समष्टि रुपमा हेर्दा आरक्षण नीतिको पुनः मूल्यांकन गर्नुपर्ने स्थिति छ । आरक्षण सधैंको लागि होइन, आरक्षित वर्गको उत्थान एउटा समयभित्र गरिसक्नुपर्छ भन्ने सिद्धान्तभित्र अडिन अहिले कोही तयार छैन ।

भारतका संविधानविद् डाक्टर बाबा अम्बेडकरले भनेका छन्, ‘आरक्षण वैशाखी होइन । यो निश्चित समयभित्र आरक्षित वर्गको उत्थानको आधारमा मूल्याङ्कन हुनुपर्छ ।’ नेपालमा १५ वर्षमा आरक्षणले झन्डै २६ हजार पदमा आरक्षित वर्ग पुगेका छन् । सङ्ख्यात्मक हिसाबमा यो उच्च हो । महिलाको प्रतिनिधित्व स्थानीय तहमा झन्डै ३८ प्रतिशत छ । राजनीतिमा उल्लेख्य संख्यामा आरक्षण पुगेको छ, तर यसको गुनासो र गुणात्मक पक्ष साह्रै कमजोर छ । आरक्षणको सामाजिक न्याय वितरण प्रणाली गाउँसम्म पुगेन । उत्पादन, उद्योग, श्रम र बजारमा आरक्षित वर्गको पहुँच पुगेन । यिनीहरु सरकारी पहुँचसम्म पुग्नै सकेनन् ।

राजनीतिले आरक्षणलाई कार्यकर्ताको रुपमा प्रयोग गर्दै गयो । पुनर्भरण र क्षतिपूर्तिको रुपमा दिइने आरक्षण र आर्थिक र सामाजिक रूपमा दिइने आरक्षण अब फरक हुनुपर्छ । हतारमा हामीले सबैलाई एउटै बास्केटमा राखेर विश्लेषण गरेका छौं । विश्वमा फैलँदै गरेको आन्तरिक राष्ट्रवाद कतै यस्तै सामाजिक नारा र विषयको रुपमा नेपालमा पनि प्रभावित नहुन् । अहिले नै नीतिगत र अधिकार सापेक्ष रूपमा आरक्षणको मूल्याङ्कन हुन जरुरी छ ।

(नेपाल सरकारका सहसचिव रहेका दाहाल नेपाल ट्रस्टको कार्यालयमा कार्यरत छन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending