Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नासिँदै गएको जल भण्डार र सगरमाथा संवाद-२०२५

प्रकाश रेग्मी

खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा थप प्रमाणको आवश्यकताको माग गर्ने हाम्रा ब्युरोक्रेसीको चरित्रको तीतो अनुभवबाट यो लेखक अज्ञात छैन। यसमा कति कानुनी बाध्याता होलान् त कति समय र खर्च बडाउने अभिप्राय पनि होलान्। तर पनि यस विश्व पानी दिवस-२०२५ जुन प्रत्येक वर्ष मार्च २२ का दिनमा मनाइन्छ, यसको नारा पनि हिमनदी संरक्षण रहेको र नेपालमा हुँदै गरेको सगरमाथा संवाद  २०८२ जेठ २, ३ र ४ को पूर्वसन्ध्यामा छोटो विवेचना गर्ने प्रयास गरें।

जलवायु परिवर्तनका कारण विश्वको लगभग ७० प्रतिशत ताजा पानी आपूर्ति गर्ने हिमनदी र बरफका पत्रहरू अतिरिक्त गतिमा पग्लिँदै जाँदा, करोडौं मानिसहरूको लागि दीर्घकालीन पानीको स्रोत खतरामा पर्ने देखिन्छ। हिमनदीहरू हराउँदै जाने दरमा वृद्धि भएका कारण संयुक्त राष्ट्र संघको महासभाले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गरेको छ।

यसै सन्दर्भमा नेपाल सरकारका हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा २०८२ जेठ २, ३ र ४ गते सगरमाथा संवादको कार्यक्रम आयोजना गर्ने घोषणा भएको छ। नेपाल सरकारले झन्डै पाँच करोड खर्चेर यो कार्यक्रम हुँदै छ। यो संवाद आयोजना गर्नुको उद्देश्य नेपाल सरकारले जलवायु परिवर्तनमा पर्वतीय राष्ट्रहरूका बीच जलवायु न्यायका लागि नेतृत्वदायी भूमिका खेल्न प्रयास गर्ने भनिएको छ ।

नेपाललगायत संसारका पर्वतीय र विकासमा पछाडि परेका देशहरू हालको विकसित जलवायु परिर्तनले निम्त्याएको अनेकौं समस्याको चपेटामा छन्। सूर्बाट आएको सौर्य विकीरणको ४७ प्रतिशत भाग सोझै जमिन र महासागरले अवशोषित गर्छ, सात प्रतिशत विकीरण सोझै अन्तरीक्षमा अर्थात् वायुमण्डल भन्दाबाहिर जान्छ। बचेको ५० प्रतिशत ताप बादल, हावामा रहेको पानी, हावामा रहेका धुलकणहरूसँग मिसिँदै पुन: अन्तरिक्षमा  जान्छ। यसरी जुन अप्रत्यक्ष रुपबाट अन्तरीक्षतिर तापको विकीरण जाने बाटोमा रहेका बादल र हावामा जुन अतिरिक्त धुलकण र कार्बन बढेको छ, त्यसले अतिरिक्त ताप अवशोषित गर्दछ र वायुमण्डलको तापमान बढाउन सहयोग गर्छ। हावा सधैं गतिशील जुने हुनाले कुनै एक स्थानमा भएको अतिरिक्त तापक्रमसहितको हावा सजिलै संसारको कुनै पनि कुनामा पुग्न जान्छ। त्यसैले, हामीले नगरेको गल्ती भएर पनि हामी जलवायु परिवर्तनको प्रभावबाट प्रताडित छौं।

विश्वव्यापी रूपमा नेपाल जलवायु परिवर्तनको जोखिमको हिसाबले चौथो स्थानमा राखिएको छ। पृथ्वीको सतह तथा वायुमण्डलको तापमानमा आएको वृद्धिको कारण देशको उत्तरमा रहेको हिमालयको हिउँ अतिरिक्त दरमा पग्लदै जाँदा हिमतालहरूको संख्यामा वृद्धि हुनुका साथै हिमतालका आकारमा वृद्धि हुँदै आएको देखिन्छ। यो प्रक्रियाले नेपालका नदीहरूमा बेमौसमी बाढी तथा पहिरो गएका समाचारहरू आउने गर्दछन्। जसले गर्दा हजारौं घरहरू, कृषियोग्य जमिन र सडकहरूको विशाल क्षेत्र जोखिममा परेको देखिन्छ। 

प्रविधिले साँघुरो बनाएको विश्व परिवेशमा आफ्नो देशबाट टाढै रहेर पनि प्राप्त गर्न सकिने सूचनाका आधारमा आफूले जानेका काम गरेर लेखमार्फत् पाठक वर्गमा पुर्‍याउन मन लाग्यो। यस सानो सोधका लागि सेटेलाइटबाट प्राप्त गर्न सकिने नेपालका हिमतालहरूको अवस्थिति, विश्व बैंकको जलवायु परिवर्तन ज्ञान पोर्टल र नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले सर्वसाधरणका लागि इन्टरनेटमार्फत् उपलब्ध गराएका सूचनाहरूलाई प्रयोग गरेको छु।   

टेबलमा सन् १९०१ देखि सन् २०२०, जम्मा १२० वर्षसम्मको विभिन्न १२ महिनाको औसत तापक्रम देखाइएको छ। उक्त डाटालाई विश्व बैंकको जलवायु परिवर्तन ज्ञान पोर्टलमा विभिन्न ढाँचामा डाउनलोड गर्न सकिने गरी उपलब्ध छन्। टेबलमा देखाए बमोजिम यस अवधिमा प्रत्येक महिनाको औसत तापक्रम बढेको देखिन्छ। पहिलो ३० वर्षको आधार अवधिभन्दा चौथो अन्तिम ३० वर्षे अवधिमा सबै महिनामा औसत तापक्रम बढेको तथ्य टेबलबाट देख्न सकिन्छ।  

टेबलको डाटाबाट विकसित गरिएको चार्टमा हेर्दा गर्मी महिनाका दिनहरूमा भन्दा जाडो महिनाका दिनहरूमा तापमान बढी दरमा बढेको देखिन्छ। सन् १९०० देखि हालसम्म  पृथ्वीको सतहको तापक्रम लगभग १.१ डिग्री सेल्सियसले बढेको अनुमान गरिन्छ। नेपालमा  कुल १२० वर्षको अवधिमा औसत तापमान ०.७२ डीग्री सेल्सियसले बढेको डाटाले देखाउँछ। तर, महिना अनुसार तापक्रम वृद्धि भने फरक-फरक छन्। सबैभन्दा कम तापक्रम बढेको महिना जुन हो।  यस १२० वर्षको अवधिमा जुन महिनामा जम्मा ०.१८ डिग्री  सेल्सियसले तापक्रम बढेको देखिन्छ भने नोभेम्बर महिनामा सबैभन्दा बढी वा १.५५ डीग्री सेल्सियसले तापक्रम बढेको देखिन्छ। 

जाडो महिनाहरू हिमछादित क्षेत्रमा हिउँ जम्माहुने समय हो। यो जम्मा भएका हिउँ विस्तारै तापक्रम बढेसँगै पग्लिएर हिमनदी, हिमताल हुँदै नदीमा रुपन्तरित हुन्छन् र आफ्नो मार्गका क्षेत्रहरूमा सिन्चित गर्दै जीव र वनस्पति जगतलाई अति आवश्यक पर्ने पानीको आपूर्ति गर्छन्। यसरी हिउँ भण्डार हुने समयमा नै तापक्रम बढ्नुले नेपालका उच्च पर्वतीय क्षेत्रहरूमा हिउँ भण्डारको मात्रा घटिरहेको हुनुपर्छ भन्ने आँकलन गर्न सजिलै सकिन्छ। तर, कति मात्रामा घटेको छ भन्ने मापन गर्न भने त्यति सजिलो छैन।

यसरी औद्योगिक संसारले सिर्जना गरेको समस्याका कारण हामीजस्ता अविकसित देशका जनताहरूले सजाय भोग्नु परिरहेको छ। हामी विवश छौं, हामीले उक्त बढेको तापक्रम रोक्न वा घटाउन खासै उल्लेखनीय क्रियाकलाप गर्न सक्दैनौं। तर, भावी पुस्ताका लागि ‘वातावरण जोगाऊँ’जस्ता नाराका साथ विश्व सनुदायबीच वातावरण अधिकारका मुद्दाहरू प्रखर रुपमा राख्न सक्छौं। यस सन् २०२५ मे महिनामा हुने सगरमथा संवादका अवसरमा वातावरण संरक्षणका लागि अधिकारका रुपमा सहयोगको आह्वान गर्न यस संवाद कार्यक्रमले हामीलाई अवसर मिलाएको छ।

नेपालमा हिमतालहरूको संख्यामा निरन्तर वृद्धि भइरहनु, हिमाली क्षेत्रमा तापक्रम बढ्नुको नतिजा हो। औद्योगिक देशहरूले वायुमन्डलमा थुपारेको हरित गृह ग्यासका कारण हामीले हाम्रो जलको भण्डार गुमाउँदै गएका छौं। हाम्रो जल भण्डार जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भने यस गुम्दै गएको जल भण्डार संरक्षणका लागि आवश्यक सहयोग प्राप्त गर्नु हाम्रो अधिकारको रुपमा हेरिनु पर्दछ। अनि अधिकारका रुपमा प्राप्त भएका सहयोगलाई तीन तरिकाले उपयोग गर्नु पर्दछ भन्ने प्रणेताको सुझाव रह्यो।

१. निरन्तर अनुगमनः नक्सामा देखाइए अनुसार नेपालको उत्तरी भाग जलश्रोतको भण्डार हो। निरन्तर बढिरहेको तापक्रमको कारण उक्त क्षेत्रको हिउँ अतिरिक्त गतिमा पग्लिरहेको छ। हिमनदीहरू द्रूत दरमा पग्लँदै, हिमताल बन्दै अनि नदी हुँदै छिटो-छिटो गतिमा बगेर पानी खेर गइरहेको छ। त्यसैले, ती हिम क्षेत्र निरन्तर अनुगमनको परिधिमा हुनु आवश्यक छ। निरन्तर अनुगमनले कुन क्षेत्रको तापक्रमको ढाँचामा कसरी परिवर्तन भइरहेको छ भन्ने सूचना प्रदान गर्दछ र भावी प्रभावकारी योजना बनाउन सहयोग मिल्छ। निरन्तर अनुगमनका लागि जलवायु स्टेशनहरू नै मुख्य सूचनाका स्रोत हुन सक्छन्। उल्लेखित नक्सामा ती जलवायु स्टेशनहरू स्थायी जल भन्डारका क्षेत्रहरूभन्दा बाहिरतिर वितरित भएको देखिन्छ। विभिन्न समयमा विभिन्न उद्देश्यका लागि स्थापना भएका ती स्टेशनहरूले हिम क्षेत्रको सूचना दिन नसक्ने हुनाले अब थपिने स्टेशनहरू हिमछादित क्षेत्रतिर आकर्षित गर्नुपर्ने देखिन्छ। 

२. संरक्षणः लामो समयदेखि निरन्तर बढिरहेको तापक्रमका कारण हिमनदीहरूको लम्बाई छोटिँदै अनि हिमतालहरूको संख्या बढ्दै गइरहेको छ। हिमतालमा पानीको मात्रामा पनि क्रमश: बढ्दै गएको छ र उनीहरू विस्फोट हुने अवस्थामा छन्। ती विस्फोट भए भने एक त जल भण्डारमा रहेको पानीको मात्रा अचानक घट्ने, दोस्रो हिमताल भन्दा तल्लो तटीय क्षेत्रमा ठूलो धनजनको नोक्सान हुने अवस्था छ। त्यसैले, उक्त तालहरूमा आवश्यक बाँध तथा सुरक्षित पानीको निकास मार्ग बनाएर पानीको संरक्षण साथै तालभन्दा तल्लो तटीय क्षेत्रलाई सम्भावित जोखिमबाट संरक्षण गर्नुपर्ने देखिन्छ।

३. अनुकूलनः चार्ल्स डार्विन को सिद्धान्त ‘सबैभन्दा सक्षमको अस्तित्व’ बमोजिम परिवर्तित हावापानीसँगै मानिसले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गरेर जीवनलाई सहजतातिर उन्मुख गराउँदै जानु अति बुद्धिमानी ठहर्छ। त्यसैले, प्रभावित क्षेत्रहरूमा सूचनाका माध्यमबाट प्रविधि हस्तान्तरणका साथै मानिसलाई अति आवश्यक पर्ने खाद्यान्नलगायतका वस्तुहरू उत्पादन र उपभोग ढाँचामा समयानुकूल परिवर्तन गराउने  खालाका प्रयासका कामहरू गर्नुपर्ने देखिन्छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending