Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

शौर्यद्वारा प्रदूषित खानेपानी मुहान, २५ सय घरधुरी पीडित

मेयरको ‘शंकास्पद’ मौनता

खबरडबली संवाददाता

उदयपुर । शौर्य सिमेण्टको चुनढुङ्गा ढुवानीका क्रममा उत्पन्न धुलो उडेर खानेपानी प्रशोधन गरिने ट्याङ्कीमा मिसिँदा उदयपुरको कटारीका बासिन्दा प्रदूषित पानी पिउन विवश छन् । ३, ४ र ५ नम्बर वडाका २५ सय घरधुरी उक्त अवस्थाबाट पीडित छन् ।

कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार पानी सङ्कलन तथा प्रशोधनस्थलसँगै जोडिएको सडक हुँदै ढुङ्गा बोकेर दैनिक ७ सय ट्रिपर गुड्छन् । धुलाम्मे कच्ची सडकमा लाम लागेर चल्दैआएका ती ट्रिपरहरूले उडाएको धुलोले खानेपानी पूर्णरूपमा प्रदूषित भएको सँस्थाका अध्यक्ष पौडेलले स्वीकारे । भन्छन्, ‘ट्रिपरको धुलोले खानेपानी प्रदूषित बनाएकोमा शौर्यलाई पत्र काटेरै ध्यानाकर्षण गराइयो , मेयरकोमा डेलिगेसन पनि गइयो तर सुनुवाई भएन ।’

सिन्कौले र मरूवा मर्ज भएर कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरिएको छ । धुलोले पानी प्रशोधन गर्ने मुख्य ट्याङ्कीमा लेउ लागेको छ भने हरियो रङ्गका भ्यागुताहरू पनि उफ्रेको स्थानीय बताउँछन् । पानीलाई प्रदूषाणमुक्त बनाउन हरप्रयत्न गरिरहेको संस्थाका कार्यालय प्रमुख शुमन कार्कीको दाबी छ ।

उनले भने, ‘फिल्टरको विधी अनुसार ट्याङ्कीको माथिल्लो भाग खुल्ला राख्नुपर्छ । किनभने फिल्टर गर्न जम्मा गरिएको पानीमा हावाको बहाव र घामको प्रकाश अनिवार्य रूपमा पर्नैपर्छ ।’ भ्याक्टोरियालाई रोक्न माथिल्लो ट्याङ्कीमा बिछ्याइएको बालुवा ट्रिपरको धुलोले कालो बनाइदिने भएकाले पानी प्रदूषित बन्नेको कार्कीको दाबी छ ।

पानीलाई प्रदूषणमुक्त बनाउन एकाध महिनामा ट्याङ्की सफा गर्दै आएको कार्कीले भने,  ‘जबकी ट्रिपर चल्नुअघि वर्ष दिनमा एक पटक ट्यांकी सफा गर्दा पुग्थ्यो ।’ वर्षमा ६ पटक सफा गर्नुपर्दा संस्थाको व्ययभार बढेको उनले जानकारी दिए ।

मेयरको ‘शंकास्पद’ मौनता 

स्थानीय प्रदूषित पानी पिउन विवश हुँदा मेयर राजेशचन्द्र श्रेष्ठमाथि यस विषयमा मौनता साँधेको आरोप लागेको छ । कतिपयले मेयरको मौनतालाई शंकास्पद पनि भनेका छन् । 

शौर्य सिमेण्टमा मेयर श्रेष्ठको सेयर रहेको दाबी गर्नेहरू पनि भेटिएका छन् । ट्रिपर किनेर आफैं चलाइरहेका एक स्थानीय युवा भन्छन्, ‘हामीसँग प्रति ट्रिप एक टन हिसाब छुट्टै देखाइन्छ । दैनिक सयौं ट्रिपरसँग लिइएको त्यस्तो हिसाबसँग जोडेर आरोप लगाइएको छ ।’

यता मेयर श्रेष्ठले धुलोले पानी प्रदूषित नहोस् भनेर सर्वसम्मतीमा खानेपानी प्रशोधनस्थल क्षेत्रको कच्ची सडकमा ढलान गरेको बताए । भने, ‘करोड बढी लगानीमा  बाटो ढलान गरियो । तरपनि धुलो उड्न रोकिएन । यसबारे दीर्घकालीन समाधान खोजिरहेका छौँ । जनतालाई शुद्व पानी खुवाउने दायित्वबाट च्यूत भएको छैन ।’  

सिमेण्ट उद्योगहरूबाट मेयरले कमिसन लिएको, शेयर लगानी गरेको भन्ने विरोधीहरूले जनतामा भ्रम छरेको आरोपमा कुनै सत्यता नरहेको मेयर श्रेष्ठको दाबी छ । उनले ती आरोपलाई प्रमाणित गर्न चुनौती दिएका छन् । ‘भगवानलाई साक्षी राखेर म के प्रार्थना गर्छु भने कुनैपनि ढुङ्गाखानी र सिमेण्ट उद्योगहरूबाट यदि मैले व्यक्तिगत लाभ लिएको भए एक रात पनि कट्न नपाउँ,’ मेयर श्रेष्ठले भावुक हुँदै भने, ‘भ्रमको पछी कोही पनि नलागौँ । सम्पत्ति कमाउन होइन, सेवा गर्न राजनीतिमा लागेको हुँ । धन कमाउने उद्देश्य थियो भने राजनीतिमा होइन, व्यापार÷व्यवसायमा लाग्थेँ ।’ 

ट्रिपरका लागि खानेपानी प्रशोधन केन्द्रभन्दा टाढाबाट वैकल्पिक सडक बनाउनुपर्ने सुझाव छ । तर सरोकारवाला निकायले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । नागरिक स्वास्थ्य तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष सन्तोष बराइलीले प्रदूषित खानेपानी वितरण गरेर जनताको स्वास्थ्यसँग खेलबाड नगर्न आग्रह गरेका छ

यसबाट नागरिकको स्वच्छ खानेपानी पिउने अधिकार कुण्ठित भएको छ । प्रदूषित खानेपानी पिउन विवश कटारीबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै मेयर श्रेष्ठलगायत, खानेपानी संघका पदाधिकारीहरुको सर्वत्र आलोचना भइरहेको छ । साभार: समाचार र फाेटाे जनआस्था डटकमबाट-सम्पादक

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending