Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

शौर्यद्वारा प्रदूषित खानेपानी मुहान, २५ सय घरधुरी पीडित

मेयरको ‘शंकास्पद’ मौनता

खबरडबली संवाददाता

उदयपुर । शौर्य सिमेण्टको चुनढुङ्गा ढुवानीका क्रममा उत्पन्न धुलो उडेर खानेपानी प्रशोधन गरिने ट्याङ्कीमा मिसिँदा उदयपुरको कटारीका बासिन्दा प्रदूषित पानी पिउन विवश छन् । ३, ४ र ५ नम्बर वडाका २५ सय घरधुरी उक्त अवस्थाबाट पीडित छन् ।

कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार पानी सङ्कलन तथा प्रशोधनस्थलसँगै जोडिएको सडक हुँदै ढुङ्गा बोकेर दैनिक ७ सय ट्रिपर गुड्छन् । धुलाम्मे कच्ची सडकमा लाम लागेर चल्दैआएका ती ट्रिपरहरूले उडाएको धुलोले खानेपानी पूर्णरूपमा प्रदूषित भएको सँस्थाका अध्यक्ष पौडेलले स्वीकारे । भन्छन्, ‘ट्रिपरको धुलोले खानेपानी प्रदूषित बनाएकोमा शौर्यलाई पत्र काटेरै ध्यानाकर्षण गराइयो , मेयरकोमा डेलिगेसन पनि गइयो तर सुनुवाई भएन ।’

सिन्कौले र मरूवा मर्ज भएर कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरिएको छ । धुलोले पानी प्रशोधन गर्ने मुख्य ट्याङ्कीमा लेउ लागेको छ भने हरियो रङ्गका भ्यागुताहरू पनि उफ्रेको स्थानीय बताउँछन् । पानीलाई प्रदूषाणमुक्त बनाउन हरप्रयत्न गरिरहेको संस्थाका कार्यालय प्रमुख शुमन कार्कीको दाबी छ ।

उनले भने, ‘फिल्टरको विधी अनुसार ट्याङ्कीको माथिल्लो भाग खुल्ला राख्नुपर्छ । किनभने फिल्टर गर्न जम्मा गरिएको पानीमा हावाको बहाव र घामको प्रकाश अनिवार्य रूपमा पर्नैपर्छ ।’ भ्याक्टोरियालाई रोक्न माथिल्लो ट्याङ्कीमा बिछ्याइएको बालुवा ट्रिपरको धुलोले कालो बनाइदिने भएकाले पानी प्रदूषित बन्नेको कार्कीको दाबी छ ।

पानीलाई प्रदूषणमुक्त बनाउन एकाध महिनामा ट्याङ्की सफा गर्दै आएको कार्कीले भने,  ‘जबकी ट्रिपर चल्नुअघि वर्ष दिनमा एक पटक ट्यांकी सफा गर्दा पुग्थ्यो ।’ वर्षमा ६ पटक सफा गर्नुपर्दा संस्थाको व्ययभार बढेको उनले जानकारी दिए ।

मेयरको ‘शंकास्पद’ मौनता 

स्थानीय प्रदूषित पानी पिउन विवश हुँदा मेयर राजेशचन्द्र श्रेष्ठमाथि यस विषयमा मौनता साँधेको आरोप लागेको छ । कतिपयले मेयरको मौनतालाई शंकास्पद पनि भनेका छन् । 

शौर्य सिमेण्टमा मेयर श्रेष्ठको सेयर रहेको दाबी गर्नेहरू पनि भेटिएका छन् । ट्रिपर किनेर आफैं चलाइरहेका एक स्थानीय युवा भन्छन्, ‘हामीसँग प्रति ट्रिप एक टन हिसाब छुट्टै देखाइन्छ । दैनिक सयौं ट्रिपरसँग लिइएको त्यस्तो हिसाबसँग जोडेर आरोप लगाइएको छ ।’

यता मेयर श्रेष्ठले धुलोले पानी प्रदूषित नहोस् भनेर सर्वसम्मतीमा खानेपानी प्रशोधनस्थल क्षेत्रको कच्ची सडकमा ढलान गरेको बताए । भने, ‘करोड बढी लगानीमा  बाटो ढलान गरियो । तरपनि धुलो उड्न रोकिएन । यसबारे दीर्घकालीन समाधान खोजिरहेका छौँ । जनतालाई शुद्व पानी खुवाउने दायित्वबाट च्यूत भएको छैन ।’  

सिमेण्ट उद्योगहरूबाट मेयरले कमिसन लिएको, शेयर लगानी गरेको भन्ने विरोधीहरूले जनतामा भ्रम छरेको आरोपमा कुनै सत्यता नरहेको मेयर श्रेष्ठको दाबी छ । उनले ती आरोपलाई प्रमाणित गर्न चुनौती दिएका छन् । ‘भगवानलाई साक्षी राखेर म के प्रार्थना गर्छु भने कुनैपनि ढुङ्गाखानी र सिमेण्ट उद्योगहरूबाट यदि मैले व्यक्तिगत लाभ लिएको भए एक रात पनि कट्न नपाउँ,’ मेयर श्रेष्ठले भावुक हुँदै भने, ‘भ्रमको पछी कोही पनि नलागौँ । सम्पत्ति कमाउन होइन, सेवा गर्न राजनीतिमा लागेको हुँ । धन कमाउने उद्देश्य थियो भने राजनीतिमा होइन, व्यापार÷व्यवसायमा लाग्थेँ ।’ 

ट्रिपरका लागि खानेपानी प्रशोधन केन्द्रभन्दा टाढाबाट वैकल्पिक सडक बनाउनुपर्ने सुझाव छ । तर सरोकारवाला निकायले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । नागरिक स्वास्थ्य तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष सन्तोष बराइलीले प्रदूषित खानेपानी वितरण गरेर जनताको स्वास्थ्यसँग खेलबाड नगर्न आग्रह गरेका छ

यसबाट नागरिकको स्वच्छ खानेपानी पिउने अधिकार कुण्ठित भएको छ । प्रदूषित खानेपानी पिउन विवश कटारीबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै मेयर श्रेष्ठलगायत, खानेपानी संघका पदाधिकारीहरुको सर्वत्र आलोचना भइरहेको छ । साभार: समाचार र फाेटाे जनआस्था डटकमबाट-सम्पादक

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: