बाँके । बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा फोहोर जलाएर प्रदूषण फैलाउने व्यावसायी र घरधनीविरुद्ध जरिवाना गरेको छ । उपमहानगरले कवाडी सामान जलाएर प्रदूषण गर्ने फर्म शीतला ट्रेडर्सलाई कारबाही गरेर पाँच हजार रुपियाँ जरिवाना गरेको हाे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र अगाडि अवस्थित शीतला ट्रेडर्सले कवाडी सामान जलाएर प्रदूषण गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले ‘फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम पाँच हजार जरिवाना गरेको नेपालगन्जका मेयर प्रशान्त विष्टले जानकारी दिए ।
नगर प्रहरीप्रमुख सूर्यबहादुर बोगटी नेतृत्वको टोलीले ट्रेडर्सका सञ्चालक सन्तोष गोडियालाई जरिवाना गरेको बताए । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने तथा प्रदूषण गर्नेविरुद्ध कडा नीति लिएको जनाउँदै मेयर विष्टले गल्ती गर्ने कसैलाई नछोड्ने बताए ।
फोहोरमैला व्यवस्थापनका लागि लामो समय सचेतनात्मक अभियान चलाएको उपमहानगरपालिकाले पछिल्लो समय कानुन बमोजिम धमाधम कारबाही गरिरहेको छ । फोहोरमैला व्यवस्थापनका लागि गम्भीरतापूर्वक काम गरिरहेको भन्दै उपमहानगरले यो अभियानमा नगरवासीको सहयोग र साथ माग्दै आएको छ ।
नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले धेरै दिनसम्म सचेतनामूलक अभियान चलाइएको र व्यापक प्रचार प्रसार गरिएकोले अब कडा रूपमा अगाडि बढेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८१ - २०:५२
काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिल...
पौष १६ गते, २०८१ - २०:३८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको ...
पौष १६ गते, २०८१ - २०:२३
मकवानपुर । मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतबार मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत...
पौष १६ गते, २०८१ - २०:१७
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आ...
पौष १६ गते, २०८१ - २०:१३
जेनेभा । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास...
पौष १६ गते, २०८१ - २०:०५
माेरङ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगल...
पौष १६ गते, २०८१ - १९:५४
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल ...
पौष १६ गते, २०८१ - १९:४५
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारीमा सरकार रहेकाे छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको जनाइए...
पौष १६ गते, २०८१ - १९:३३
पोखरा । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभि...
पौष १६ गते, २०८१ - १९:२८
दोलखा । दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य ...
प्रतिकृया लेख्नुहोस्: