Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ताप्लेजुङकाे कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटक बढे

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार कञ्चनजङ्घाको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार कञ्चनजङ्घा भ्रमणमा आउने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । कार्यालयका संरक्षण अधिकृत (वार्डेन) प्रमोदकुमार यादवले पाँच वर्षे तथ्याङ्कलाई हेर्दा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या हरेक वर्ष  बढेको बताए । 

संरक्षण अधिकृत यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६०८ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आएका छन् । यस्तै कोरोना भाइरस (कोभिड–१९) को महामारीको मुख्य समय आव २०७७/७८ मा विदेशी पर्यटकको आगमन शून्य भए पनि त्यसपछिको वर्ष अर्थात् आव २०७८/७९ मा २०६ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० मा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेर ७१३ पुगेको थियो । यस्तै आव २०८०/८१ मा एक हजार ८५ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका संरक्षण अधिकृत यादवले जानकारी दिए । यता चालु आवको पाँच महिनाभित्रै अर्थात मङ्सिर सम्ममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । वर्षमा दुई मौसम (सिजन) पर्यटकको आगमन हुने गर्दछ । चालु आवको पहिलो मौसममै ठुलो सङ्ख्यामा विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गर्नु पर्यटन क्षेत्रका लागि सकारात्मक सन्देश भएको पर्यटन व्यावसायी बताउँछन् । विस्तारै सडकको पहुँच विस्तार तथा पदमार्ग सहज हुँदै गएकाले अझ कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै जानेमा पर्यटन व्यावसायी ढुक्क छन् ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार कार्यालयले आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नराखे पनि कञ्चनजङ्घामा उपस्थिति बढिरहेको छ । यता कञ्चनजङ्घामा पर्यटकको सङ्ख्या अझ बढाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन् परिषद्ले आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव आयाोजना गर्ने भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending