काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए ।
“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरुको एमालेमा आउने छनोट सही छ । तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे । कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरेका थिए । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८१ - २०:५२
काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिल...
पौष १६ गते, २०८१ - २०:३८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको ...
पौष १६ गते, २०८१ - २०:२३
मकवानपुर । मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतबार मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत...
पौष १६ गते, २०८१ - २०:१७
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आ...
पौष १६ गते, २०८१ - २०:१३
जेनेभा । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास...
पौष १६ गते, २०८१ - २०:०५
माेरङ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगल...
पौष १६ गते, २०८१ - १९:५४
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल ...
पौष १६ गते, २०८१ - १९:४५
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारीमा सरकार रहेकाे छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको जनाइए...
पौष १६ गते, २०८१ - १९:३३
पोखरा । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभि...
पौष १६ गते, २०८१ - १९:२८
दोलखा । दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य ...
प्रतिकृया लेख्नुहोस्: