Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

विद्युत् प्राधिकरण आठ वर्षदेखि निरन्तर नाफामा, केमा कसरी खर्च भइरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा नेपाल विद्युत् प्राधिकरणले करिब नौ अर्ब रुपैयाँ मुनाफा गरे तापनि माथिल्लो तामाकोशी आयोजना प्रभावित हुँदा यो वर्ष समग्रमा हुने खुद मुनाफा भने उल्लेख्य घट्ने प्राधिकरणले जनाएको छ।

आठ वर्षदेखि निरन्तर नाफामा रहेको सार्वजनिक संस्थाले साउन र असोजबीचमा गरेको उल्लिखित आम्दानी करकट्टी हुनुअघिको हो।

प्राधिकरणको सञ्चित नाफा पछिल्लो आर्थिक वर्षमा ४७ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको भन्दा करिब १४ अर्ब रुपैयाँ बढी हो। पछिल्लो आर्थिक वर्षमा प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ थियो।

"यो वर्ष पनि हामी निर्यात नै बढी गर्छौँ होला। निर्यात भन्दा आयात बढ्ने प्रक्षेपण गरिसकेका छैनौँ," प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष भन्छन्। "अबका वर्षमा हामी क्रमशः निर्यात नै बढी गर्ने हैसियतमा हुन्छौँ।"

तर बर्सेनि पूर्वाधार निर्माण र मर्मतसम्भारमा प्राधिकरणको अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ।

नाफामा हुन थालेयताका आठ वर्षमा आफ्ना आयोजनामा १०० अर्ब रुपैयाँभन्दा बढी आफ्ना 'उत्पादन, प्रसारण र वितरण'मा लगानी गर्न सफल भएको प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनमा उल्लेख छ।

"नाफाको अधिकांश रकम सबस्टेशन र प्रसारण लाइनमा लगानी गरेका छौँ। एक दशकबीचमा ८०० मेगावाट जडान क्षमताबाट अहिलेको तीन हजार मेगावाटको अवस्थासम्म त्यसै आइएको होइन।"

विद्युत् बिक्रीको अर्थतन्त्र

बर्खायाममा उत्पादन बढी भएर भारतलाई बिजुली बेच्दै आएको नेपालले हिउँद याममा भने बर्सेनि बिजुलीको अभाव झेल्ने गर्छ।

त्यसो हुँदा पनि गत आर्थिक वर्षमा प्राधिकरण खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्यो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले बिजुली आयातभन्दा बढी निर्यात गर्दै १३ करोड रुपैयाँ कमाएको थियो।

त्यसबेला नेपालले भारतमा बिजुली बिक्री गरेर १७ अर्ब छ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो।

तर सुख्खा याममा भारतबाटै करिब १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली आयात गर्नुपर्‍यो। सुख्खा याममा खरिद गर्ने बिजुलीको खर्च प्राधिकरणले नै बेहोर्छ।

"मुनाफाको क्रम बर्सेनि बढे पनि ठूला आयोजनामा लगानी गर्ने वित्तीय क्षमता अझै विद्युत् प्राधिकरणसँग छैन," प्रवक्ता घोष भन्छन्।

"ठूल्ठूला प्रसारण लाइन निर्माण, त्यसबीचमा स्थापना हुने विद्युत् गृहहरूमा लगानी गरेका छौँ। विद्युतीकरणलाई लगभग दोबरले बढाएर अहिले ९८ प्रतिशत घरधुरीमा पुर्‍याइएको छ।"

जलाशययुक्त परियोजना नहुँदाको सकस

नेपालको विद्युत् जडान क्षमता हाल ३,४०० मेगावाट नाघेको भए पनि नदीको जलप्रवाहमा निर्भर विद्युत् प्रणालीले गर्दा हिउँद्‍मा त्यसको एकतिहाइ जति मात्र उत्पादन हुने अवस्था छ।

त्यसले गर्दा प्राधिकरण 'पीक आवर'मा ठूला उद्योगमा 'लोडशेडिङ' गर्नुपर्ने अवस्थामा पुगेको छ भने घरेलु खपतको सन्तुलन मिलाउन भारतबाट करिब ६५० मेगावाट बिजुली किन्नुपर्ने अवस्था छ।

पर्याप्त जलाशययुक्त आयोजनाहरू नहुँदा नेपाल अझै हिउँदकालीन विद्युत् प्रवाहमा आत्मनिर्भर हुन नसकिरहेको अवस्था छ।

"त्यसमा [सुधारका लागि] प्राधिकरणको भन्दा पनि सरकारी तहको तदारुकता आवश्यक छ। अरुण तेस्रो, सेती त्यस्तै जलाशययुक्त परियोजना हुन्। पछिल्ला वर्षमा त्यसतर्फ पनि व्यापक रूपमा लगानी बढेको छ," घोष भन्छन्।

माथिल्लो तामाकोशी 'पीक आवर'को माग भरथेग गर्न सक्ने गरी माग नभएको समयमा पानी थुनेर र माग हुँदा उत्पादन गर्न सक्ने आयोजना भए पनि त्यो मध्य असोजयता अवरुद्ध छ।

त्यसबाट मात्रै मासिक एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगिरहेको अधिकारीहरू बताउँछन्।

तर प्राधिकरणका अधिकारीहरू मध्यपुसभित्र माथिल्लो तामाकोशी आंशिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको बताउँछन्।

भाउ घटाएर मुनाफा

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष मूल्य घटाएर पनि मुनाफा गराइराख्न सक्ने निकायका रूपमा प्राधिकरणले पृथक् पहिचान बनाएको बताउँछन्।

आर्थिक वर्ष २०७७/७८ देखि बिजुलीको दरमा आफूहरूले परिवर्तन नगरेको र पाँच एम्पिअरको मिटर हुने घरमा २० यूनिटसम्मको खपत निःशुल्क वितरण समेत गरिरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

"त्यसै गरी घरमा मध्यम स्तरमा बिजुली खपत गर्नेहरूले प्रतियूनिट ११-१२ रुपैयाँ खर्च गर्ने भए पनि उद्योगका हकमा त्यो ४.७५ रुपैयाँदेखि सात रुपैयाँसम्म पर्ने गरेको छ," घोष भन्छन्।

नेपाल विद्युत् प्राधिकरण देशको एकमात्र ऊर्जा खरिदकर्ता हो, जसले स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई वार्षिक करिब ७५ प्रतिशत हिस्सा भुक्तानी दिन्छ।

"स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई मासिक रूपमा झन्डै ८ अर्ब रुपैयाँजति भुक्तानी गर्नुपर्ने हुन्छ, जसको मूल्य सुक्खा याममा दोबर हुन्छ," घोष भन्छन्।

"तर प्राधिकरणको उठ्नुपर्ने महसुलको बक्यौता पनि उत्तिकै बढिरहेको अर्को पक्ष समेत हामीले बुझ्नुपर्छ।"

गत जेठ महिनामा सार्वजनिक गरिएको महालेखा परीक्षकको कार्यालयको पछिल्लो वार्षिक प्रतिवेदनमा प्राधिकरणले झन्डै २२ अर्ब रुपैयाँ ठूला उद्योगबाट भुक्तानी लिन बाँकी रहेको देखिन्छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending