Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

सामना बैंकिङ् पुरस्कार बीएन घर्तीलाई

खबरडबली संवाददाता

काठमाडौं । सामना बैंकिङ् पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैंयाँ रासीको सामना बैंकिङ् पुरस्कार बैंकिङ् विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ ।   उनले लेखेको पुस्तक ‘बैकिङ् अनुशासन दिगो बिकासका लागि’ पुस्तकका लागि पुरस्कार प्रदा नगरिएको हो । 

उक्त पुस्तक बैंकिङ् एण्ड इन्स्योरेन्स प्रा. लि. ले प्रकाशन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।  प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि शिफारिस गरेको थियो । 

नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको का.मु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए । किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका संचालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यबिधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् । 

उनको परामर्शमा केही वित्तीय संस्था समस्या ग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केहि वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् ।  सर्वसाधरणले पनिबुझ्न सकिने सरल भाषाप्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बिषयलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको, बैंक तथा वित्तीय संस्थाले बिराएका बाटाहरुका केलाउदै आगामी दिनमा तय गर्नुपर्ने बिषयलाई व्यवहारिक सुझाबदिइएको, बैंकहरुले अत्याधिककमाएका छन् भन्ने भ्रमलाई तथ्यांकहरु उल्लेख गर्दै चिर्न खोजिएको, संचालन जोखिमलाई विशेष प्राथमिकता साथ उठान गरिएको, सम्पत्ती शुद्धिकरण सम्बन्धी अनुपालनाकाला गिगर्नुपर्ने कार्यलाई विशेगारुपमा उठान गरिएको आदि कारणले घर्तीलाई उक्त पुरस्कार प्रदानगर्न शिफारिस गरिएको मूल्यांकन समितिका सदस्य कृष्ण प्रधानले बताए । 

घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएकाबिषयअत्यन्तै सान्दर्भिक रहेको र बिषय बस्तुलाई अत्यन्तै मिहिनतरिकाले केलाइएकाले आफुहरुले पुरस्कारका लागि शिफारिस गरेको मूल्यांकन समितिकाअर्का सदस्य कृष्ण प्रधानले बताए । 

नेपाल राष्ट्र बैंककापूर्व गभर्नरहरु गणेश बहादुर थापा र डा. तिलक रावल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युतवाग्ले लगाएतका अतिथिहरुको उपस्थिति रहेको उक्तकार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष डा. रेवतवहादुर कार्कीले गरेका थिए  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending