दोलखा । दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य बढेपछि किसानले सहज रूपमा बिउ पाउन नसकेको वैतेश्वर-४ ठुल्चौरका स्थानीय किसान जगत बहादुर खत्रीले बताए ।
गत वर्ष ३ मुरी आलु रोपेका उनले यस वर्ष बिउ अभावका कारण २ मुरी मात्रै आलु रोप्ने योजना बनाएका छन् । अघिल्लो साल प्रति केजी ६५ रुपैयाँमा पाइने उन्नत जातको आलुको बिउको मूल्य अहिले बढेर ९०/१०० रुपैयाँ पुगेको उनले सुनाए । खत्री भन्छन् गत साल ठेकेदारले गाउँमै ६०/६५रुपैयाँमा बिउ ल्याइदिने गर्थे तर यस वर्ष आलुको मूल्यसँगै बिउको पनि मूल्य बढेकाले गतको तुलनामा यस वर्ष खेती नै घटाउने सोचमा रहेको वैतेश्वर-४ ठुलचौर निवासी किसान खत्रीले बताए ।
आलु खेती लगाउने समयमा आलुको बिउमा व्यापारीहरूले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरूले गुनासो गरेका छन् । आलु रोप्नका लागि बारी तयार पारेर बिउको खोजी गर्दा जिल्लामै बिउ अभाव भएको अर्का स्थानीय किसान महेन्द्र खड्काले बताए ।
अचानक जिल्लामा आलु बिउको मूल्य बढे पनि सम्बन्धी निकायहरू आलुको मूल्य वृद्धि अनुगमन नभएकाले बिउ व्यापारीहरूले मनपरी बिउ मूल्य राखेको हुनसक्ने उनले बताए । यहाँका किसानले चारैतिर बिउ अभाव देखिएकाले आफैँ उत्पादन गरेको स्थानीय आलुलाई बिउको रूपमा रोप्न सुरु गरेको समेत बताएका छन् ।
जिल्लाको शैलुङ, मेलुङ, मकैबारि बोच,कालिन्चोक, गौरीशंकर खावा, जिरी, वैतेश्वर पोखरी, ठुलचौर, ठुलोबन फाप्लु एवो, हाव्वा लगायतका क्षेत्रमा अत्यधिक आलु खेती हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - १९:३६
सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन ...
पौष १९ गते, २०८१ - १९:३०
बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको...
पौष १९ गते, २०८१ - १९:०९
पाेखरा । पोखरा महानगरपालिका–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ । राष्ट्र...
पौष १९ गते, २०८१ - १८:५१
काठमाडौं । डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक...
पौष १९ गते, २०८१ - १८:३९
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस व...
पौष १९ गते, २०८१ - १८:३२
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् । सानोठिम...
पौष १९ गते, २०८१ - १८:२४
भारत । महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरु’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्,...
पौष १९ गते, २०८१ - १८:१५
सियोल । प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरिया...
पौष १९ गते, २०८१ - १८:१२
मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामि...
पौष १९ गते, २०८१ - १८:०४
बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले आफूसँग...
प्रतिकृया लेख्नुहोस्: