Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल स्रष्टा समाजले  मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा  समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको छ ।

समाजद्धारा बृहद कार्यक्रमका बीच नगद २१हजार १ सय ११ सहितको सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौत तथा नगद रु.१५ हजार एक सय रुपैयाँ राशी सहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण गरियो ।

नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेन्द्र बिमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले उक्त सम्मान समर्पण गरे । यसैगरी सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत उक्त सम्मान प्रमुख अतिथि डा.बिमल तथा सम्मानका संस्थापक साहित्यकार चेतनाथ कँडेलले समर्पण गरे ।

कवि मनोज भण्डारी नेपाल संस्कृत विश्वविद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता पनि हुुन् । सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् । परमानन्द प्रज्ञा पुरस्कार,अर्पण छन्द प्रतिभा पुरस्कार लगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका भण्डारीले बनारसबाट संस्कृत विभुषण र नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ग’उपाधि प्राप्त गरेका छन् । छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीका ‘ईश्वरलाई चिठी’ कवितासँग्रह प्रकाशित छ ।

यसैगरी आर.डीप्रभास चटौत नेपाली,अँग्रेजी,हिन्दी साहित्यका ज्ञाता, सम्पादक, ज्योतिषशास्त्रमा समेत दखल भएका, प्राध्यापन,विभिन्न साहित्यिक संघसँस्थामा क्रियाशिल नेपालका विभिन्न प्रशासनिक पदमा समेत बसेर कार्य गरेका,दर्जनौ पदक,पुरस्कार र सम्मानद्धारा सम्मानित झण्डै तीन दर्जन विभिन्न कृतिका कृतिकार हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डा.बिमलले ‘दुबो जस्तो मान्छेलाई महापुरुषमा ल्याएर चढाइदिनुभयो’ भन्दै दर्शनसँग साहित्यलाई जोडेका थिए । उनले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सम्मानित स्रष्टाद्धयको बारेमा समाजकी कार्यसमिति सदस्य तथा समालोचक डा.शान्तिमाया गिरीले चर्चा गरिन् ।

अर्का सम्मानित व्यक्तित्व भण्डारीले  पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरु ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए । यस अघि प्रमुख अतिथिले पानसमा द्धीप प्रज्ज्वलित गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गत वर्ष समाजले ३१ वटा कार्यक्रम गर्न सफल भएको स्मरण गर्दै समाजका सम्पूर्ण सदस्यहरुको सहयोगमा यो सम्भव भएको धारणा व्यक्त गरे । सम्मानित व्यक्ति मात्र सम्मान हुने नभएर विधा नै सम्मान हुने अनुभूति सबैलाई हुने गरी आफुहरुले परम्परा बसाल्न खोजेको बताए ।

 

 

  साहित्यमाथि बोल्दै आफुलाई सम्मानयोग्य ठानेर सम्मान गरेकोमा  समाजप्रति आभार व्यक्त गरे ।   उनले सुदूरपश्चिम लोककला, लोकसंस्कृति र लोकसाहित्यमा सम्पन्न रहेको उल्लेख गरे।

अर्का सम्मानित व्यक्तित्व भण्डारीले  पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरु ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए ।

कार्यक्रममा समाजका संरक्षक पवन आलोक,सल्लाहकार तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा पुरस्कारहरुका संस्थापक विधान आचार्य र चेतनाथ कँडेल हरितले पनि आफ्नो मन्तब्य व्यक्त गरे ।

महासचिव देविका तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending