सियोल । दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ७३७-८०० विमानको भग्नावशेषबाट बरामद गरिएको उडान रेकर्डरले डाटा भण्डारण एकाइलाई यसको पावर स्रोतमा जोड्ने हराएको कनेक्टरसहित बाह्य क्षति भएको पाइएको थियो ।
मन्त्रालयको हवाई नीति विभागका निर्देशक जु जोङ-वानले भने, “क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरबाट यहाँ डाटा निकाल्न सम्भव छैन भन्ने हामीले निर्धारण गरेका छौँ, त्यसैले हामीले यसलाई अमेरिका पठाउने र त्यहाँ विश्लेषण गर्ने कुरामा एनटिएसबीसँग सहमति गरेका छौँ ।” संयुक्त राज्य अमेरिकाको एउटा टोली सोमबार दक्षिण कोरिया पुगेको थियो र अर्को दिन मुआनमा भूमि, पूर्वाधार र यातायात मन्त्रालयको नेतृत्वमा दक्षिण कोरियाली अधिकारीहरूसँग संयुक्त अनुसन्धान सुरु गरेको थियो ।
उनीहरुको प्रारम्भिक संयुक्त स्थलगत अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुले विमान अवतरणमा सहयोग गर्ने लोकलाइजर भनिने नेभिगेसन प्रणालीमा ध्यान केन्द्रित गरेका थिए । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा कङ्क्रिट संरचनामा जडान गरिएको लोकलाइजरलाई जेजु एयर दुर्घटनामा हताहतको गम्भीरता बढाउन जिम्मेवार ठहर्याइएको योन्हापले बताएको छ । दक्षिण कोरियाली अधिकारीहरूले दक्षिण कोरियाको मुआन क्षेत्रमा भएको विमान दुर्घटनामा १८१ यात्रुमध्ये १७९ जनाको मृत्यु भएको र दुई जनालाई उद्धार गरिएको पुष्टि गरेका थिए ।
गत आइतबार बिहान १७५ यात्रु र छ जना चालक दलका सदस्य बोकेको जेजु एयरको यात्रु जेट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बेली-ल्यान्ड गरी विस्फोट भएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । विमान अवतरण गर्दा ल्यान्डिङ गियर नखुलेको अवस्थामा धावनमार्गबाट चुकेर जमिनमा घस्रिँदै कङ्क्रिट पर्खालमा ठोक्किएर आगो लागेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: