Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८२ आईतवार | 4th May, 2025 Sun
Investment bank

कैलालीमा छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

खबरडबली संवाददाता

कैलाली । छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन् । राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन् । 

उनीहरुले राति नै चौपाया धपाउने गरेका छन् । यसैगरी, छाडा चौपाया आउने नाकामा गस्तीसमेत गर्ने गरेका छन् । हिउँदमा हरेक वर्ष छाडा चौपायाले हैरान पार्ने गरेको कैलारी गाउँपालिका–३ लालपुरका कृषक गुरीलाल चौधरीले बताए । 

उनका अनुसार सो क्षेत्रमा भारततर्फबाट राति छाडा चौपाया खेतमा आएर हिउँदेबाली नोक्सान गर्दै आएका छन् । छाडा चौपायाले एकै रातमा बालीमा धेरै क्षति गर्ने गरेकाले आफूहरु खेतमै जाग्राम बस्नु पर्ने बाध्यता सृजना भएको कृषक चौधरीको भनाइ छ । छाडा चौपायाले कृषिमा ठुलो नोक्सान गरिरहेतापनि सो समस्या समाधानका लागि स्थानीय तहले सहयोग नगरेको किसानको गुनासो छ । भर्री, के गाउँ, भितरिया, लालपुर, शिवरत्नपुर, मोहनपुर, भुईयाँफाँटा, छटकपुर बसन्ता, बर्का बसन्ता, तिघरी लगायतका क्षेत्रमा छाडा चौपाया समस्याले किसान हैरान बनेका छन् । हिउँदेबाली जोगाउन हिउँदभरि उनीहरुले गस्ती गर्नु पर्ने बाध्यता रहेको छ । 

किसानका अनुसार धेरै छाडा चौपाया बसन्ता वन क्षेत्रमा बसिरहेका छन् । त्यसैगरी, भारततिरबाट पनि अत्यधिक चौपाया आउने गरेका छन् । वनमा बसिरहेका छाडा चौपायाले बच्चा जन्माउँदै गरेकाले सङ्ख्या बढ्दै गएको जनाइएको छ ।   

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरिक्षक थापा

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम...

माओवादीको लङमार्च-२ ‘मध्यपहाडी लोकमार्ग अभियान’ जेठमा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को लङमार्च-२ ‘मध्यपहाडी लोकमार्ग अभियान’ २ जेठदेखि सुरु हुने भएको छ । आइतबार खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठक...

मध्यपुरमाथि वीरगन्जको कठिन जित

काठमाडौं । वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि कठिन जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा व...

स्याङ्जामा ट्याक्टरको ठक्करबाट एक गम्भीर घाइते

स्याङ्जा । स्याङ्जा कालिगण्डकीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका–५ कट्टीस्थित मिर्मी–भुस्...

विश्वकप लिग–२ : दोस्रो चरणको ‘कोर क्याम्प’ मा २५ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि दोस्रो चरणको ‘कोर क्य...

मधेसमा मंगलबार सार्वजनिक बिदा

जनकपुर । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको छ ।  मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक स...

लमजुङको कृषि तथा पशु विज्ञान क्याम्पसमा तालाबन्दी

लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन । वि...

स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...

किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...

सिराहाको गोलबजारमा दुई थान भरुवा बन्दुक फेला

सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending