Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद

खबरडबली संवाददाता

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापामारी ठूलो परिमाणमा रक्सीजन्य पदार्थसंगै बन्दोबस्तीका सामान फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय गौरको टोलीले सदरमुकाम गौर नगरपालिका–५ अन्तर्गत विभिन्न स्थानमा सञ्चालित तीनवटा रक्सी भट्टीमा छापामारी गरी उक्त सामान बरामद गरेको हो । प्रहरी टोलीले गरेको छापामारीको क्रममा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ र रक्सी उत्पादनमा प्रयोग गरिने बिभिन्न सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका उमाशंकर प्रसादले जानकारी दिएका छन् ।

प्रहरीले तयारी रक्सी ७ सय लिटर रक्सी, २८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्याँस सिलिन्डर ४ थान, ग्याँस चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद भएको इन्स्पेक्टर उमाशंकरले बताएका छन् ।

बरामद सामान स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठक भोली पनि बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...

भारतकाे छत्तिसगढमा माओवादी विद्रोहीकाे आक्रमणमा परी नाै सुरक्षाकर्मीको मृत्यु

भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गर...

काठमाडौंको डिल्लीबजारमा एकजना मृत फेला

काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...

सप्तरीमा तीन महिनाकाेबीचमा १९२ फरार प्रतिवादी पक्राउ

सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...

त्रिवि कार्यकारी परिषदमा चारजना नियुक्त

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...

गृह मन्त्रालयद्वारा सात जिल्लाका सिडिओ परिवर्तन

काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...

राज्य व्यवस्था समिति बैठकमा सभापति र सदस्यबीच चर्काचर्की भनाभन

काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ ।  समि...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीमा गुटबन्दी बढ्यो

काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...

माओवादी केन्द्रको बैठक: पार्टीलाई एकतावद्ध बनाउन माग

दोश्रो दिन ८० जनाले धारणा राखे

गाेरखामा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy