कास्की । लागु औषध ब्राउन सुगरसहित पोखराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय, पोखरा–१ बगर र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१ सिद्धनाथ टोलबाट पोखरा–१ बस्ने निसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका–१० घर भई हाल पोखरा–८ नयाँबजार बस्ने दीपक वि.क.लाई पक्राउ गरेको हो । सिद्धनाथ टोल क्षेत्रमा लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले श्रेष्ठ र वि.क.लाई खैरो हेरोइन अर्थात ब्राउन सुगर ०.४९० ग्राम, डाईजापाम तीन एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल दुई गरी जम्मा पाँच एम्पुल, डिजिटल तराजु एक थान र मोबाइल दुई थानसहित पक्राउ परेको शर्माले जानकारी दिए ।
यसैगरी पोखरा–२५ हेम्जामा लागु औषधको कारोवार भई रहेको सूचनापछि खटिएको प्रहरीले पोखरा–२५ बस्ने लगिन थापालाई ब्राउन सुगर ०.५०० ग्राम, लागु औषध गाँजा ६ सय ग्राम, १० एमजीको नाइट्रोभेट चक्की १९९ थान र एक थान मोबाइलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई प्रहरीले लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...
पौष २२ गते, २०८१ - २०:०१
भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गर...
पौष २२ गते, २०८१ - १९:३८
काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
प्रतिकृया लेख्नुहोस्: