Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

राष्ट्रपतिको शपथ अघि पूर्वपोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन्। राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो।

न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु "नि:सर्त छाड्ने" सङ्केत गरेका छन्।

उनले आफ्नो आदेशमा राष्ट्रपति-निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन्। ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए।

न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति-निर्वाचित ट्रम्पले त्यसलाई "अवैध राजनीतिक हमला" भन्दै त्यो "बदनियतपूर्ण परिहास" बाहेक केही नभएको बताएका छन्।

ट्रम्प पक्षको अरु प्रतिक्रिया

ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै "कानुनहीन" मुद्दा "तत्काल" खारेज हुनुपर्ने बताएको छ।

गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १,३०,००० अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए।

ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन्। ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै दोष स्वीकारेका छैनन्।

उनले उक्त मुद्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रचार अभियानलाई बिथोल्ने प्रयास स्वरूप ल्याइएको तर्क गरेका छन्।

शुक्रवार उनका प्रवक्ताले समेत न्यायाधीशको सजाय सुनाउने आदेशको आलोचना गर्दै ट्रम्पलाई "यस्ता कुनै अवरोधबिना राष्ट्रपतीय शक्ति हस्तान्तरण प्रक्रिया जारी राख्न र राष्ट्रपतिका रूपमा महत्त्वपूर्ण जिम्मेवारीहरू कार्यान्वयन गर्न दिनुपर्ने" बताए।

"त्यहाँ कुनै सजाय हुनुहुँदैन र राष्ट्रपति ट्रम्प यी सबै झुट नसकिँदासम्म त्यसविरुद्ध लडिरहनेछन्," स्टिभन चियङले भने।

न्यायाधीशसँग अरु विकल्प थिए?

ट्रम्पले यस मुद्दाबारे पछिल्लो पटक बोल्ने क्रममा त्यसले आफूमाथि राष्ट्रपति रहुन्जेल झुण्डिरहने र आफ्नो शासन गर्ने क्षमतामा बाधा पुर्‍याउने बताएका थिए।

न्यायाधीश मर्चनले राष्ट्रपतिको रूपमा काम गर्दा फौजदारी मुद्दाबाट विचलित हुने भन्ने ट्रम्पको चिन्तालाई कम गर्नसक्ने धेरै उपायहरू आफूलाई सुझाइएको र त्यसमा फैसला उल्टाउने "चरम उपाय" नरहेको बताए।

ती न्यायाधीशसँग रहेका विकल्पमा ७८ वर्षीय ट्रम्पलाई सजाय सुनाउने निर्णय सन् २०२९ मा उनले ह्वाइटहाउस नछाड्दासम्म पर सार्ने वा उनलाई जेल नपठाउने सजाय सुनिश्चित गर्ने थिए।

जुलाईमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिहरूलाई पदमा रहँदाका "औपचारिक काम"का लागि फौजदारी अभियोजनको छुट हुने फैसला गरेको थियो।

तर गत महिना न्यायाधीश मर्चनले ट्रम्पको चुप रहन पैसा दिएको सम्बन्धी सजाय वैध रहेको फैसला सुनाएका थिए। कानुनी रूपमा दोषी हुने पहिलो व्यक्तिका रूपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्दैछन्।

सजाय सुनाइएपछि उनले त्यसविरुद्ध पुनरावेदनको प्रयास गर्न सक्छन्।

तीन मुद्दा अझै बाँकी

झूटो व्यावसायिक विवरण तयार पार्नेबारे अमेरिकामा चार वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था छ।

चुनावी जित हासिल गर्नु अघिदेखि नै कानुनी विज्ञहरूले उमेर र विगतका कानुनी विवरणका आधारमा ट्रम्पले जेल सजाय पाउने सम्भावना नरहन सक्ने बताउँदै आएका थिए।

ट्रम्पले राज्य र सङ्घीय तहका गरेर अन्य तीन फौजदारी मुद्दा खेपिरहेका छन्। जसमध्ये एउटा गोप्य दस्ताबेजहरू सम्बन्धी मुद्दा छ भने बाँकी दुई सन् २०२० को निर्वाचनमा पराजित भएसँगै त्यसलाई उल्ट्याउन गरिएका भनिएका प्रयाससम्बन्धी छन्। 

राष्ट्रपति-निर्वाचित ट्रम्पको सजाय तोक्ने पेसी यसअघि २६ नोभेम्बरमा तोकिए तापनि ट्रम्प निर्वाचित भएपछि न्यायाधीश मर्चनले उक्त मिति सारेका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending