Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

राष्ट्रपतिको शपथ अघि पूर्वपोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन्। राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो।

न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु "नि:सर्त छाड्ने" सङ्केत गरेका छन्।

उनले आफ्नो आदेशमा राष्ट्रपति-निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन्। ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए।

न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति-निर्वाचित ट्रम्पले त्यसलाई "अवैध राजनीतिक हमला" भन्दै त्यो "बदनियतपूर्ण परिहास" बाहेक केही नभएको बताएका छन्।

ट्रम्प पक्षको अरु प्रतिक्रिया

ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै "कानुनहीन" मुद्दा "तत्काल" खारेज हुनुपर्ने बताएको छ।

गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १,३०,००० अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए।

ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन्। ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै दोष स्वीकारेका छैनन्।

उनले उक्त मुद्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रचार अभियानलाई बिथोल्ने प्रयास स्वरूप ल्याइएको तर्क गरेका छन्।

शुक्रवार उनका प्रवक्ताले समेत न्यायाधीशको सजाय सुनाउने आदेशको आलोचना गर्दै ट्रम्पलाई "यस्ता कुनै अवरोधबिना राष्ट्रपतीय शक्ति हस्तान्तरण प्रक्रिया जारी राख्न र राष्ट्रपतिका रूपमा महत्त्वपूर्ण जिम्मेवारीहरू कार्यान्वयन गर्न दिनुपर्ने" बताए।

"त्यहाँ कुनै सजाय हुनुहुँदैन र राष्ट्रपति ट्रम्प यी सबै झुट नसकिँदासम्म त्यसविरुद्ध लडिरहनेछन्," स्टिभन चियङले भने।

न्यायाधीशसँग अरु विकल्प थिए?

ट्रम्पले यस मुद्दाबारे पछिल्लो पटक बोल्ने क्रममा त्यसले आफूमाथि राष्ट्रपति रहुन्जेल झुण्डिरहने र आफ्नो शासन गर्ने क्षमतामा बाधा पुर्‍याउने बताएका थिए।

न्यायाधीश मर्चनले राष्ट्रपतिको रूपमा काम गर्दा फौजदारी मुद्दाबाट विचलित हुने भन्ने ट्रम्पको चिन्तालाई कम गर्नसक्ने धेरै उपायहरू आफूलाई सुझाइएको र त्यसमा फैसला उल्टाउने "चरम उपाय" नरहेको बताए।

ती न्यायाधीशसँग रहेका विकल्पमा ७८ वर्षीय ट्रम्पलाई सजाय सुनाउने निर्णय सन् २०२९ मा उनले ह्वाइटहाउस नछाड्दासम्म पर सार्ने वा उनलाई जेल नपठाउने सजाय सुनिश्चित गर्ने थिए।

जुलाईमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिहरूलाई पदमा रहँदाका "औपचारिक काम"का लागि फौजदारी अभियोजनको छुट हुने फैसला गरेको थियो।

तर गत महिना न्यायाधीश मर्चनले ट्रम्पको चुप रहन पैसा दिएको सम्बन्धी सजाय वैध रहेको फैसला सुनाएका थिए। कानुनी रूपमा दोषी हुने पहिलो व्यक्तिका रूपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्दैछन्।

सजाय सुनाइएपछि उनले त्यसविरुद्ध पुनरावेदनको प्रयास गर्न सक्छन्।

तीन मुद्दा अझै बाँकी

झूटो व्यावसायिक विवरण तयार पार्नेबारे अमेरिकामा चार वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था छ।

चुनावी जित हासिल गर्नु अघिदेखि नै कानुनी विज्ञहरूले उमेर र विगतका कानुनी विवरणका आधारमा ट्रम्पले जेल सजाय पाउने सम्भावना नरहन सक्ने बताउँदै आएका थिए।

ट्रम्पले राज्य र सङ्घीय तहका गरेर अन्य तीन फौजदारी मुद्दा खेपिरहेका छन्। जसमध्ये एउटा गोप्य दस्ताबेजहरू सम्बन्धी मुद्दा छ भने बाँकी दुई सन् २०२० को निर्वाचनमा पराजित भएसँगै त्यसलाई उल्ट्याउन गरिएका भनिएका प्रयाससम्बन्धी छन्। 

राष्ट्रपति-निर्वाचित ट्रम्पको सजाय तोक्ने पेसी यसअघि २६ नोभेम्बरमा तोकिए तापनि ट्रम्प निर्वाचित भएपछि न्यायाधीश मर्चनले उक्त मिति सारेका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री ...

झापामा बालेनको भीड सिद्धिसक्यो, भरसक एमालेको बहुमत नै आउँछ : ओली

प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ ? मैले गोली चलाएको हो र ?

पूर्वराजाको सन्देशपछि चुनावविरोधी समूह सक्रिय

दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा

मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको ‘आत्मनिर्भर सहर’

काठमाडौं । चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्...

दुई पालिका प्रमुख र एक उपप्रमुखलाई जसपा नेपालको कारबाही

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्त...

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभ...

मतदाताको गुनासो- चुनावमा बाचा गर्छन्, जितेपछि बिर्सन्छन्

सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, ...

मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो

धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएक...

गौरको सबगढामा सदभाव भड्काउने २२ जनाविरुद्ध मुद्दा

रौतहट ।  रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको वि...

वडा वडामा मतदाता शिक्षा

मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE