Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

निर्माणाधीन जगन्नाथ भ्यू-टावर गाई भैंसी चराउने थलो बन्दै

खबरडबली संवाददाता

म्याग्दी । पर्यटकीय आकर्षणको सम्भावना बोकेको म्याग्दीको केभहिलमा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेस्थित पर्यटकीयस्थल केभहिल अर्थात् गुफाको डाँडोमा बनाइएको भ्यू-टावर निर्माणले पूर्णता नपाउँदा अलपत्र बनेको हो ।

स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्ने, ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा स्थानीयवासीको समेत आर्थिकस्तरमा सुधार ल्याउने उद्देश्यले भ्यू-टावर निर्माण थालिएको थियो ।

गाजनेको केभहिल आँफैमा पनि भ्यू-टावर हो । तर यहाँ बनाइएको भ्यू-टावरमा पर्यटक जानुको सट्टा अहिले दैनिकजसो भैंसी र बाख्रा चर्ने गर्दछन् । यहाँ घेराबार गरिएको भ्यू-टावर परिसरमा स्थानीयवासीले भैंसी चराउँछन् ।

पर्यटकलक्षित भ्यू-टावर वरिपरी लगाइएको बार भत्काएर दिनहुँजसो भैंसी चराउने गरिएको छ । केभहिल पर्यटकीय क्षेत्र भएकाले वडा कार्यालय र बेनी नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा भ्यू-टावर निर्माण थालिएको थियो ।

भ्यू-टावर निर्माणको केही काम अझै बाँकी रहेको र अहिलेसम्म पनि त्यो कामले पूर्णता पाएको छैन । भ्यू-टावरको काम पूरा नभएकाले स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी समेत नदिँदा यसको संरक्षणमा समस्या आएको हो ।

भ्यू-टावर निर्माणसम्पन्न भई सञ्चालनमा आउनुपर्नेमा अहिलेसम्म अलपत्र बनेको छ । उपभोक्ता समितिको गैरजिम्मेवारीपन, निर्माण व्यवसायीको ढिलासुस्ती र बेनी नगरपालिकाको वेवास्ताले भ्यू-टावर अलपत्र परेको स्थानीयवासीले आरोप लगाएका छन् ।

भ्यू-टावर निर्माणको लागत स्टिमेट तयार एवं निर्माणको क्रममा भएको कमजोरीका कारण भ्यू-टावरमा चारपाँच जना चढ्नेबित्तिकै हल्लिने गर्दछ । एकैपटक धेरै जना चढेको खण्डमा जुनसुकै समयमा पनि भ्यू-टावरमा दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।

केभहिलमा नवनिर्मित भ्यू-टावरको सुरक्षाका लागि बलियो घेराबार लगाउनुपर्ने तथा गेट निर्माण गर्नुपर्ने गाजनेका स्थानीय समेत रहनुभएका जगन्नाथ मन्दिरका अध्यक्ष निलकण्ठ शर्माले बताए ।

भ्यू-टावर बाहिरपट्टी सपोर्टको रुपमा फलामका पोलहरु गाढेर भ्यू-टावरलाई नहल्लिने बनाउन सकिन्छ । आर्थिक वर्ष २०७४-०७५ देखि भ्यू-टावर निर्माण थालिएको भए पनि हालसम्म यस टावरले पूर्णता पाउन सकेको छैन ।

भ्यु-टावर निर्माणमा बेनी नगरपालिकाले १५ लाख र स्थानीय श्रमदान दुईलाख रुपैयाँसहित कुल १७ लाख रुपैयाँको बजेट लगानी भैसकेको छ । आव ०७८-७९ सम्म निर्माण सकिनुपर्ने भ्यू-टावरको काम अहिलेसम्म पनि सकिएको छैन ।

भ्यू-टावर निर्माणका लागि वडा कार्यालय र बेनी नगरपालिकामा ध्यानाकर्षण गराइएको भए पनि कुनै पहल नभएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर बानियाँले गुनासो गर्नुभयो ।

केभहिलमा निर्माणाधीन भ्यु-टावरको कुल ३६ फिट उचाई, १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्यु–टावरमा ६ ओटा ल्याण्डिङ (उक्लने र ओर्लने) भर्‍याङहरु हालिएको छ ।

माथिल्लो भागमा एक पटकमा करिब १५ जना चढेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको भ्यु-टावरको सबै संरचनाहरु स्टिल स्ट्रक्चर अर्थात् (फलाम)को प्रयोग गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

भ्यू-टावर निर्माणमा यसअघि नगरपालिकाले आर्थिक वर्ष ०७४-७५ मा एकलाख, ०७५-७६ मा पाँचलाख, ०७६-७७ मा १० लाख र ०७७-७८ मा थप पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

विनियोजित बजेटका सहयोगमा भू-टावरको झण्डै ९० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ । यस्तै प्रतिक्षालय बनाउनुका साथै घेराबार लगाइएको भए पनि घेराबारतर्फ भने मर्मतसम्भार गर्नुपर्ने देखिन्छ ।

तर थोरै काम बाँकी रहेको अवस्थामा भ्यू-टावरको पूर्णताका लागि आव ०७८-७९ देखि हालसम्म बजेट विनियोजन नहुँदा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको हो ।

बेनी नगरपालिका-५ नम्बर वडाका वडाध्यक्ष गोविन्द बानियाँले पर्यटकीयस्थलमा निर्माणाधीन भ्यू-टावरलाई पूर्णता दिन आवश्यक बजेटको व्यवस्थापन गरेर काम गरिने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending