Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं ५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका हुन् ।

हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी शुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए ।

‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ । ’ बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम शुरु भएको छ ।

हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट शुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए ।

शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए । उनीहरुले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागीता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

बुढानिलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बुढानिलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताए । ‘बुढानिलकण्ठमा काम शुरु हुने योजना थियो,’ उनले भने, ‘मन्त्रीज्यूको पहलमा टोखामा पनि एकैसाथ काम शुरु भएको छ । यसमा बजेट थप गर्न सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।’ करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि शुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।

बुढानिलकण्ठ र टोखा नगरपालिका क्षेत्रको सीमानामा विष्णुमति करिडोरको ट्रयाक खन्ने कार्यको शुरुवात गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं काठमाडौं ५ का सांसद प्रदीप पौडेल । कार्यक्रममा खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी पनि सहभागी थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending