काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सदन छलेर सरकारले दल विभाजनको अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ ।
शुक्रबार पार्टीको स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । पुसको तेस्रो साता बित्नै लाग्दा पनि संसद बैठक आह्वान नगरेपछि माओवादीले सरकारको नियतमाथि प्रश्न गरेको हो ।
‘सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउन खोज्दैछ । त्यो अध्यादेश पनि केका लागि भने पार्टीहरुलाई विभाजन गर्न । सरकारको यि सबै गतिविधि हेर्दा लोकतन्त्रमाथि गम्भीर समस्या पैदा हुँदैछ,’ सापकोटाले भने, ‘लोकतन्त्रको आत्मा भनेको संसद हो, संसद नै छलेपछि लोकतन्त्र समस्यामा पर्छ ।’
संसद बैठक बोलाउन माओवादीले संसदमा भएका अन्य दलसँग पनि छलफल चलाएर सरकारमाथि दबाब सिर्जना उनले बताए । ‘लोकतान्त्रिक विचारधारा, त्यसको मूल्य मान्यता र आदर्श स्थापित गर्नका लािग कमसेकम बैठक त समयमा बोलाउनुपर्छ । बैठक नै समयमा नबोलाएपछि त्योभन्दा गम्भीर कुरा केही हुन सक्दैन,’ उनले भने, ‘संसदमा भएका अन्य दलसँग पनि छलफल चलाएर सरकारमाथि प्रभावकारी दबाब सिर्जना गर्छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १७:४४
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् । कोपिला नेपालद्वा...
पौष २१ गते, २०८१ - १७:४१
काठमाडौं । माउन्ट एभरेस्ट मोटरस्पोट्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्...
पौष २१ गते, २०८१ - १७:३७
अमेरिका । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्ल...
पौष २१ गते, २०८१ - १७:३२
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर...
पौष २१ गते, २०८१ - १७:२६
गाजा । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिय...
पौष २० गते, २०८१ - २०:४८
राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् । सशिया महाराज दलित म...
पौष २० गते, २०८१ - २०:४४
कास्की । लागु औषध ब्राउन सुगरसहित पोखराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास...
पौष २० गते, २०८१ - २०:३९
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक भाेलीबाट सुरु हुने भएकाे छ । भाेली (आइतबार)देखि राजधा...
पौष २० गते, २०८१ - २०:००
डोटी । डोटीको सायल गाउँपालिका -६, दल्लेखका महिलाको शंकास्पद मृत्यु भएको छ । भीम नेपालीको २३ वर्षीया श्रीमती शान्तिको शनिबार बेलुका ४ बजेतिर शंकास्पद म...
पौष २० गते, २०८१ - १९:५१
काठमाडौं । नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्...
प्रतिकृया लेख्नुहोस्: