Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विकृति, विसंगति रोक्न साहित्य र कलाको महत्वपूर्ण भूमिका हुन्छ: पूर्व राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडाैं । पूर्व राष्ट्रपति विद्या भण्डारीले समाजमा बेलाबेला देखा पर्ने अराजकता, उछृंखलता र सतहीपन जस्ता विकृति, विसंगति रोक्न प्रगतिशील कला, साहित्य र संगीतको महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा, सपना र ताराहरु पुस्तकको शुक्रवार लोर्कापण गर्दै पूर्व राष्ट्रपति भण्डारीले त्यस्तो बताएकी हुन् । ‘समाजमा बेलाबेला देखा पर्ने अराजकता, उच्छृंखता र सतहीपन जस्ता विकृति विसंगति रोक्न, सही नीति, सिद्दान्त, दर्शन र मूल्य मान्यताका आधारमा समाजलाई निर्देशित गर्न प्रगतिशील कला, साहित्य र संगीतको महत्वपूर्ण भूमिका रहन्छ ।’ भण्डारीले भनिन् । 

धेरैले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई राजनीतिक व्यक्तिका रुपमा चिने पनि उनी सिद्दहस्त लेखक तथा साहित्यकारका रुपमासमेत परिचित हुन सफल भएको भन्दै उनले आमाको स्मृतिलाई साहित्य कृतिका रुपमा ल्याएर योगदान गरेकोमा पूर्व राष्ट्रपति भण्डारीले बधाई पनि दिइन् । 

राजकीय र पार्टी जिम्मेवारीलाई सँधैभरी इमान्दारीताका साथ दृढतापूर्वक निर्वाह गर्ने पोखरेलले जुनसुकै कमिटी र पदमा रहँदा  पार्टीभित्रको एकता सुदृढ गर्न, वैचारिक पक्षलाई धारिलो बनाउन प्रयास गर्दै आएको पनि पूर्व राष्ट्रपति भण्डारीले स्मरण गरिन् । 

राजनीतिक जिम्मेवारीको व्यस्तताबीच लेख, रचना लेखेर पार्टीको पक्षमा जनमत तयार गर्न तथा साहित्यका विविध विधामा पनि कलम चलाएर पोखरेलले महत्वपूर्ण योगदान पुर्‍याएको पूर्व राष्ट्रपति भण्डारीले चर्चा गरिन् । साहित्य समाजको दर्पण मात्र नभएर राजनीतिक र सामाजिक परिवर्तनको महत्वपूर्ण साधन र विचारको संवाहक भएको भन्दै उनले बताइन् । 

आमा शब्दले सँधै सृष्टिको निरन्तरता, ममताको खानी, प्रेरणाको सन्देश दिइरहने भन्दै उनले संसारभरी आमाका नाममा अनेकौं कृतिहरु लेखिएको र भविष्यमा पनि लेखिदैंजाने क्रममा पोखरेलको कृतिले आमा–छोराबीचको पवित्र सम्बन्ध, आमाको त्याग, संगीन घडीमा छोराले आमाप्रति दर्शाएको प्रेम र सम्मानलाई उजिल्याउन कृतिबाट सफल भएको भन्दै प्रशंसा पनि गरिन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदिप ज्ञवालीलगायतले कृतिका बारेमा चर्चा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending