Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

फिलिपिनी उपराष्ट्रपति दुतेर्तेलाई सुरक्षा परिषदबाट निष्काशित

खबरडबली संवाददाता

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरुको बारेमा सल्लाह दिने सुरक्षा परिषदबाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरुलाई हटाइएको छ । 

बर्सामिनले आफ्नो सदस्यतालाई ‘पुनर्गठित र व्यवस्थित गर्न’ यो कदम चालेको बताएका छन् । परिषदबाट अहिले प्रमुख विधायी, रक्षा, विदेश र क्याबिनेट अधिकारीहरू सामेल छन् । “अहिले परिषद्को सदस्यताको जिम्मेवारीका लागि उच्च पदस्थ अधिकारीलाई सान्दर्भिक मानिँदैन”, बर्सामिनले पत्रकारसँग भने, “आवश्यकताअनुसार अन्य सदस्य वा सल्लाहकार थप्न राष्ट्रपति स्वतन्त्र हुनुहुन्छ ।”

मार्कोस र उनको परिवारलाई मार्ने धम्की दिएको आरोपमा डुतेर्तेले अनुसन्धानको सामना गरिरहेकै बेला यो कदम चालिएको हो । गत नोभेम्बरको अन्त्यतिर पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेकी ४६ वर्षीया छोरी साराले एक अनलाइन पत्रकार सम्मेलनमा आफ्नो हत्या भएको खण्डमा कसैले मार्कोसलाई पनि मार्ने बताएकी थिइन् । यद्यपि, पछि उनले उक्त टिप्पणीको गलत व्याख्या गरिएको बताएकी थिइन । 

सन् २०२२ मा मार्कोससँगको गठबन्धनमा उपराष्ट्रपति सत्तामा पुगेकी थिइन । हालैका महिनाहरूमा आश्चर्यजनक रूपमा दुबै पक्षले यस वर्षको मध्यावधि चुनावअघि लागूपदार्थको व्यापक ओसार पसारका लागि आरोप प्रत्यारोप चलिरहेको छ । दुतेर्तेमाथि सरकारी कोषको करोडौं डलरको दुरुपयोग गरेको भन्दै महाभियोगका थुप्रै उजुरी पनि परेका छन् । दुतेर्तेलाई यस सम्बन्धमा जानकारीका लागि एएफपीले सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहिनन । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE