Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८२ बुधबार | 7th May, 2025 Wed
Investment bank

गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित

खबरडबली संवाददाता

धनगढी । छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् । 

भारततिरबाट आउने छाडा चौपायाले बर्सेनी हिउँदेबाली नोक्सान गर्न थालेपछि बाध्य भएर यसवर्ष तोरी खेतीमात्र गरेको कैलालीको कैलारी गाउँपालिका –३ भर्रीका कृषक जगदीश चौधरीले बताए । “पहिले सबै खेतमा गहुँको मात्र खेती गर्दैआएको थिएँ” उनले भने, “पछिल्लो केही वर्षदेखि छाडा चौपायाले गहुँ खतमै पार्न थाले । गहुँ बचाउन मुस्किल भएकाले यसवर्ष तोरी खेती चुनें ।”

कैलालीमा छाडा चौपाया समस्या समाधान हुन सकेको छैन । विभिन्न स्थानीय तहले छाडा चौपाया व्यवस्थापनको नाममा करोडौं खर्च गरिसकेका छन् । तर समस्या अझै पनि न्यूनीकरण भएको छैन । छाडा चौपायाले खेतीपाती नोक्सान गर्ने गरेकाले धेरैजसो किसान हिउँदभरि खेतमै रात बिताउने गरेका छन् । उनीहरु रातभर जाग्राम बसेर चौपाया धपाउने काम गर्दै आएका छन् । 

छाडा चौपायाले किसानलाई हैरान बनाएको कृषक मक्कुराम चौधरीले बताए । विकराल रुप लिँदै गइरहेको छाडा चौपाया समस्या समाधानमा स्थानीय तह उदासिन देखिएको उनको गुनासो छ । विगतमा गहुँ खेती बढी गर्दै आएका चौधरीले यो वर्ष १० कट्ठा जग्गामा तोरी र त्यति नै जग्गामा गहुँ खेती गरेका छन् । 

“पहिले गहुँ खेती बढी गर्ने गरेको थिएँ” उनले भने, “छाडा गाईगोरुले हैरान पारेपछि यो वर्ष गहुँ घटाएर तोरी खेती बढाएँ ।” खेतमा गहुँ घटेपछि चौपायाले तोरीलाई नछाडेको किसानको भनाइ छ । उनीहरुका अनुसार कलिलो तोरीलाई खाएका चौपायाले अचेल फूलेको तोरीमा हिडेर नोक्सान गरिरहेका छन् । 

कैलारी गाउँपालिकाको भर्रीसहित भितरिया, निमुवाबोझी, लालपुर, मोहनपुर, के गाउँ, शिवरत्नपुर, बैजपुर, भुइयाँफाँटा, रामपुरलगायतका विभिन्न गाउँका किसान छाडा चौपायाबाट पीडित छन् । उनीहरु खेतमा साना झुपडी बनाएर खेतमै बस्दैआएका छन् । 

गाउँ–गाउँका किसान चौपाया आउने नाकाका साथै आफ्ना खेतमा पनि जाग्राम बस्ने गरेको कैलारी गाउँपालिका –३ लालपुरका कृषक गुरीलाल चौधरीले बताए । उनका अनुसार भारततिरबाट चौपाया आउने नाकामा किसानहरु पालोअनुसार रातभरि जाग्राम बस्दै संयुक्त गस्ती गर्दैआएका छन् । त्यसैगरी, नाकामा पालो नपरेका किसान आफ्ना खेतमा जाग्राम बस्ने गर्दछन् । 

छाडा चौपाया समस्या बढेपछि आफूले पौने २ बिघा जग्गामध्ये १० कट्ठामा गहुँ र बाँकी सबै जमिनमा तोरी खेती गरेको चौधरीको भनाइ छ । गहुँ छाडेर किसान तोरी खेतीमा आकर्षित भएपछि कैलारीको विभिन्न गाउँका खेत अहिले पहेँलपुर बनेको छ । खेतैभरि तोरी फुलेको दृश्य लोभलाग्दो देखिने गरेको छ । 

कैलारी गाउँपालिकामा यसवर्ष अत्यधिक खेतमा किसानले तोरी खेती गरेको कृषि शाखा प्रमुख मैँया चौधरीले बताए । “वडा नम्बर ४ त तोरी ब्लकजस्तै देखिन्छ” उनले भने, “तर, पालिकाको अनुदान छैन । किसान आफैले तोरी खेती बढाएका हुन ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने : प्रहरी महानिरीक्षक थापा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा...

स्टार्टअप बिजनेसमा ६६१ उधमीका लागि राज्यकाे १ अर्ब लगानी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई स...

स्रोत नखुलेको रकमसहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमप...

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अमेरिका । क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी तट...

गाजामा युद्ध सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

गाजा । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमब...

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान

ब्रसेल्स । इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अ...

बागमतीको बजेट अधिवेशन बोलाउन सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्र...

समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी छ: गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताए ।  ...

ताप्लेजुङमा वाइसिएल नेपालकाे सम्मेलन सुरु

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालक...

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending