गाजा । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।
मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा शहीद अस्पतालका कर्मचारीहरूले बताए ।
अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए । यसले विगत २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या ५६ पुर्याएको छ । इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ ।
बिहीबार हमासका सुरक्षा अधिकारी र इजरायली घोषित मानवीय क्षेत्रमा आक्रमण भएको थियो । शुक्रबार बिहान मारिनेमध्ये स्वतन्त्र पत्रकार ओमार अल–देरावी पनि थिए । एसोसिएटेड प्रेसका पत्रकारहरूले साथीहरू र सहकर्मीहरूलाई अस्पतालमा उनको शवमा शोक मनाउँदै गरेको देखे । उनको कफनको माथि प्रेस भेस्ट राखिएको थियो ।
शुक्रबार बिहान इजरायलीहरू पनि आक्रमणको सामना गर्न बाध्य भए । इजरायलले यमनबाट देशभित्र क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । क्षेप्यास्त्र प्रहार भएपछि जेरुसेलम र मध्य इजरायलमा हवाई सायरन बज्यो र मानिसहरूलाई आश्रयमा भाग्न बाध्य बनायो ।
तत्काल कुनै क्षति वा घाइतेको खबर आएको छैन । यद्यपि जेरुसेलममा क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण हल्का विस्फोट सुनिएको थियो । इजरायली सेनाले एउटा क्षेप्यास्त्र रोकेको जनाएको छ । आक्रमण भइरहेकै बेला शुक्रबार युद्धविराम वार्ताको प्रयास पुनः सुरु हुने अपेक्षा गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मोसाद गुप्तचर एजेन्सी, सिन बेट आन्तरिक सुरक्षा एजेन्सी र सेनाको प्रतिनिधिमण्डललाई कतारमा वार्ता जारी राख्न अधिकार दिएको बताएको छ । प्रतिनिधिमण्डल शुक्रबार कतारका लागि प्रस्थान गर्दैछ । अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू १५ महिने युद्धको अवधिमा पटक–पटक रोकिएका छन् । हमास नेतृत्वका लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो ।
लडाकूहरूले अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय जनाको हत्या गरेका थिए र करिब २५० जनालाई अपहरण गरेका थिए । गाजामा अझै करिब १०० बन्धक छन् । तीमध्ये कम्तीमा एक तिहाइ मृत भएको विश्वास गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा ४५ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यसमा आधाभन्दा बढी महिला र बालबालिका छन् । मन्त्रालयले आफ्नो तथ्याङ्कमा नागरिक र लडाकूबीच भिन्नता देखाउँदैन ।
हमासका लडाकूहरू घना आवासीय क्षेत्रमा काम गर्ने भएकाले इजरायली सेनाले आफूले लडाकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गर्छ । सेनाले प्रमाण नदिई १७ हजार लडाकू मारेको दाबी गरेको छ ।
युद्धले व्यापक विनाश गरेको छ र गाजाका २३ लाख जनसङ्ख्याको ९० प्रतिशतलाई विस्थापित गरेको छ । तीमध्ये धेरै एकभन्दा बढी पटक विस्थापित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: