Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा

खबरडबली संवाददाता

काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।

अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा उतारेको छ । साथै, अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित धिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा उत्रदैँछन ।

सहसचिवका लागि पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवारी दर्ता भएको छ । बाँकी ९ जना सदस्यका लागि १९ जना प्रतिस्पर्धामा रहेका छन ।

साथै, ६२६ मतदाता रहेको सर्वोच्च बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानुन ब्यावसायी बिचमा अलग अलग प्रतिस्पर्धा हुनेछ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीम रावलको अभियानलाई झलनाथको शुभकामना, दिए तीन बुँदे सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सञ्चालन गरेको ‘मातृभूमि जागर...

बेनी नगरपालिको वडा भवन सात वर्षदेखि अलपत्र

म्याग्दी । बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा...

नेपालमा हुने अनलाइन ठगीमा विदेशमा रहेका नेपाली !

काठमाडौं । अनलाइनमा काम गर्ने बहानामा तीन लाख गुमाएपछि रमा मिश्र (नाम परिवर्तन) हस्याङफस्याङ गर्दै झन्डै एक महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनको बन्दै

कपिलवस्तु  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगर...

महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

काठमाडौं । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रस...

‘प्लान्ट’ बाट निस्केको धुवाले वातावरणमा असर

विराटनगर ।  ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको स्थानीयवासी गुनासो गरेक...

अमेरिकी डलर स्थिर, यूरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको ...

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनवाट पुन: सापकोटा निर्वचित

महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन  महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन । सनिवार ...

एमाले बैठकः भीम रावलमाथिको कारबाही पुनर्विचार गर्न आग्रह

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ ।  आइतबार शुरु भएक...

मान्छे बेगरका घरहरु

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि  बेवारिसेझैं...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy