Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ कस्तो बन्दैछ गोरुसिङ्गे चन्द्रौटा सडक ?

खबरडबली संवाददाता

कपिलवस्तु। सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरुले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ ।

पहिला सबै भत्काएर सडक निर्माण गन्थ्यिो । “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा हाल प्रयोगमा आएको सडकको वायाँ छेउ तर्फको सडक विस्तार हुनेछ । नयाँ बन्ने पुल पनि बायाँ तर्फ निर्माण हुने छ । बायाँ तर्फको निर्माण सकिए पछि हाल प्रयोगमा आएको सडक निर्माणको काम सञ्चालन हुने छ । सडक निर्माण अवधीमा हाल प्रयोग भएको सडकमा यातायात चल्ने छ । बायाँ साइडको सडक तयार भए पछि प्रयोग गरी दाँया तर्फ निर्माण हुने छ । जसले गर्दा सडक प्रयोगकर्तालाई सहज हुने विश्वास गरिएको छ ।

१९ किलोमिटर सडक स्तरोउन्नती गर्न १० अर्ब लाग्ने अनुमान
पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा पर्ने सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका ९ पुलचोकदेखि शिवराज वडा नम्बर ६ उमरी चोकसम्मको १९ किलोमिटर सडक विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको हो । उक्त सडकअन्तर्गत बजार क्षेत्रका ५ किमी सडक ६ लेन र अन्य क्षेत्र ४ लेनको हुने सडक आयोजना कार्यालयका इन्जिनियर जिगेश चौधरीले बताए। सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको बन्ने छ । सडक विस्तारका क्रममा १२ नयाँ पुल निर्माण हुने छ । ६० कल्भर्ट र ११ स्थानमा पाईप कल्भर्ट निर्माण हुने छ । सडकका दुवै छेउमा २।५ मिटरका पैदल मार्ग हुने छन् ।

ट्राफिक कन्ट्रोलका लागी मुख्य चोकमा भेइकुलर अन्डर पास
सवारी साधन र यात्रुको बढी चाप हुने स्थानमा भेइकुलर अन्डर पास निर्माण गर्ने योजना रहेको छ । यो खण्डमा शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा २० मिटर चौडा र ८ सय मिटर लामो भियुपी निर्माण हुने छ । नेपाल भारत सिमामा पर्ने कृष्णनगर जाने सहायक मार्गमा भियुपी निर्माण गरिने छ । जसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक कन्ट्रोलमा सहज हुने छ ।

लामोदूरीका सवारी साधन भियुपीको माथिबाट पास गर्ने छन् । स्थानीय सवारी साधन भियुपीको भित्रबाट चल्ने छन् ।  भियुपीको दायाँ बायाँ २ ओटा पे्रडिस्टीयल अण्डर पास  हुनेछ । यो मानिसहरु सडक आरपार गर्नका लागि डिजाइन गरिएको छ । ६ स्थानमा प्रेडिस्टअल ओभर पास (आकाशे पुल) निर्माण गर्ने योजना रहेको छ ।

वन्यजन्तु र पशुचौपयाका लागि अन्डरपास निर्माण
सडक निर्माण गर्दा वन्यजन्तु र पर्यावरण मैत्री निमाण गरिने छ । वन्यजन्तु र स्थानीयले पालेका पशुचौपाया आउजाउ गर्नका लागी अन्डर पास निर्माण गरिनेछ । ठुला वन्यजन्तु पास हुनका लागि बेलगुर्दुवा र ज्वाई खोलामा संरचना निर्माण गरिने छ । मझौला र साना वन्य जन्तु आउजाउ गर्न ६ वटा अन्डरपास निर्माण हुने छन् । सो क्षेत्रमा वन्यजन्तु र चरा चुरुङ्गीको अवस्था र विचरणको अध्ययन गरी अन्डरपास निर्माण गर्न लागिएको पन्छी विज्ञ कृष्ण भुसालले बताए। एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराइएको छ । डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडक बत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय, सवारी रोक्ने स्थल समेत निर्माण हुने छन् ।

उक्त आयोजना हाल डिजाइन फेजको चरणमा रहेको छ । प्रारम्भिक वातावरणीय प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्ने, सडक निर्माणमा मासिने बोटबिरुवाको गणना अन्तिम चरणमा र वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्था सर्वेको काम सकिएको वातावरणीय विज्ञ युवराज ढकालले बताए। बुद्धभूमि र शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

दक्षिण पूर्वी एसियामा द्रुत गतीको यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको सडकले जिल्लाका उत्पादन, व्यापार, पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: