सर्लाही । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको शव फेला परेकाे छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव फेला परेकाे हाे ।
प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका –९, मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निस्कनु भएको थियो । घर फर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरीले प्रसाईको खोजी गरिरहेका थिए । शनिबार बिहान हरिवन नगरपालिका –१०, स्थित उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईको शव फेला परेको प्रहरीले जनाएको छ ।
इँटा व्यवसायी प्रसाईको शव फेला परेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलङ्गवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
प्रहरीले प्रसाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रसाईकै गाउँका एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ती युवकले प्रसाईको हत्या गरेको स्वीकार गरे पनि नाम सार्वजनिक गर्दा उनको परिवार र घरमा हमला हुन सक्ने भन्दै प्रहरीले ती युवकको नाम तत्काललाई गोप्य राखेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १८:२१
काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । विभागका अनुसार अन्तर प्रदेश सञ्चालन ...
पौष २२ गते, २०८१ - १८:१६
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी गरी अपराध...
पौष २२ गते, २०८१ - १८:१४
बारा । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण च...
पौष २२ गते, २०८१ - १७:३९
कपिलवस्तु । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कपिलवस्तुमा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । इलाका प्रहरी कार्यालय कृष...
पौष २२ गते, २०८१ - १७:३६
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा मा कान्ति बाल अस्पतालमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् । अस्पतालको ६३औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा...
पौष २२ गते, २०८१ - १७:३१
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ । सातदोवाटोस्थित एन्...
पौष २२ गते, २०८१ - १७:२९
मलेसिया । मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएक...
पौष २२ गते, २०८१ - १७:२५
सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र प...
पौष २१ गते, २०८१ - २०:५०
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने...
पौष २१ गते, २०८१ - २०:४४
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोग...
प्रतिकृया लेख्नुहोस्: