Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दाेलखाकाे चेम्बर अफ कमर्सकाे अध्यक्षमा बुढाथोकी

खबरडबली संवाददाता

दाेलखा । चेम्बर अफ कमर्स दोलखाको अध्यक्षमा युवा व्यवसायी रुद्रजंग बुढाथोकी सहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।  शनिबार सम्पन्न छैटौं साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनको बन्दसत्रले अध्यक्ष बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

समितिको बरिस्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमश राजकुमार खड्का र लिला बहादुर केसी चयन भएका छन् ।  संस्थाको महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिब कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पबित्रा केसी  सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवराज शिवाकोटीले जानकारी दिए ।  उनका अनुसार सर्वसम्मत चयन भएका कार्यसमिति सदस्यहरुमा नबराज खतिवडा, कुमार कार्की, बिनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ छन् । 

निर्विरोध निर्वाचित कार्यसमिति लाई चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवाल र बरिस्ठ उपाध्यक्ष दिपक मलहोत्राले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । 
कार्यक्रममा केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको ओरालो यात्राका बेला व्यवसायीका धितो लिलामी प्रकृयामा जान बैंक तथा वित्तिय संस्थालाई रोक्नुपर्ने बताएका छन् । आर्थिक बोझले थलिएका ब्यवसायीहरुलाई उल्टै तनाब दिन भएको धितो समेत लिलाम गर्नु अन्यायपूर्ण भएको बताउदै तत्काल धितो लिलाम गर्ने काम रोक्न सरकारले विधिवत प्रकृयाको थालनी गर्नुपर्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending