Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

महाेत्तरीमा अति विपन्न परिवार र साधुसन्तलाई सेनाद्वारा कम्बल वितरण

खबरडबली संवाददाता

महाेत्तरी । मटिहानी नगरपालिका–४ र ९ का दलित समुदायका अति विपन्न १२३ परिवार र मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका ६५ जना साधुसन्तलाई नेपाली सेनाको जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित गोरखनाथ गणले कम्बल वितरण गरेको छ । 

मटिहानी नगरपालिकासँगको समन्वयमा गोरखनाथ गणले शीतलहरको जोखिमलाई मध्यनजर गर्दै दलित परिवार र साधुसन्तलाई कम्बल वितरण गरेको हो । केही दिनदेखि तराई मधेशमा शीतलहर बढेपछि विपत् व्यवस्थापन समितिको निर्णयअनुसार पूर्वतयारी अवस्थामा रहेको र आवश्यकताअनुसार केही थान कम्बल वितरण गरिएको गोरखनाथ गणका गणपति कर्णेल विनोदविकास पाठकले बताए । 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्दै गरिब तथा विपन्नहरूलाई शितलहरको जोखिमबाट बच्न कम्बल दिएर गुण लगाएको बताए । उनले नगरपालिकाबाट समेत नागरिकको जीउज्यानको सुरक्षा गर्न शितलहरमा दाउरा वितरण गर्ने तथा आवश्यकताअनुसार अन्य सामग्री प्रदान गर्ने योजना रहेको बताए । नगरपालिकाले पालिकाभित्रका विपन्नहरूलाई आवश्यक्ताअनुसार सहयोग गर्ने तयारी गरिरहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवि कार्यकारी परिषदमा चारजना नियुक्त

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...

गृह मन्त्रालयद्वारा सात जिल्लाका सिडिओ परिवर्तन

काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...

राज्य व्यवस्था समिति बैठकमा सभापति र सदस्यबीच चर्काचर्की भनाभन

काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ ।  समि...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीमा गुटबन्दी बढ्यो

काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...

माओवादी केन्द्रको बैठक: पार्टीलाई एकतावद्ध बनाउन माग

दोश्रो दिन ८० जनाले धारणा राखे

गाेरखामा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...

भारतमा एचएमपिभी मामिलाहरु बढेर तीन पुग्यो

भारत । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्...

उदयपुरमा सवारी दुर्घटनामा परी एककाे मृत्यु

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टर...

सर्वोच्च अदालतद्वारा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधा...

भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

भारत । भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy