Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विद्रोहीद्वारा अलेपोमा ३० सर्वसाधारणको हत्या

\"Syria\"दमासकस । सिरियाली उत्तरी सहर अलेपोमा मङ्गलबार भएको विद्रोहीको आक्रमणमा परी कम्तीमा पनि ३० जना मारिएका छन् । पान अरब अल मायादिन टेलिभिजनले दिएको जानकारीअनुसार अलेपोमा मङ्गलबार त्यहाँका विद्रोहीले मोर्टार आक्रमण गरी ती सर्वसधारणको हत्या गरेका हुन् । उनीहरुले मोर्टारबाट अलेपो नगर नजिकै रहेको एक आवासीय क्षेत्रमा हमला गरेका थिए । उक्त हमलामा परी सो आवासीय क्षेत्रका सर्वसाधारण मारिएका छन् । जिहादी समूहहरुले सो आक्रमण गरेका बताइएको छ । अलेपोबाट पनि उत्तरमा पर्ने हाममादियाना र अक्रामिया जिल्लामा उनीहरुले मङ्गलबार साँझ यस्तो हमला गरेका थिए । ती विद्रोहीहरुले कयौँ पटकसम्म मोर्टार हमला गरेका थिए । ती हमलाहरु अत्यन्तै शक्तिशाली थिए । जसका कारण घटनास्थथलमै ३० जनाको ज्यान गएको छ । उक्त घटनामा परी १८० जनाभन्दा पनि बढी गाउले घाइते भएका छन् । शक्तिशाली आक्रमणबाट गम्भीर रुपमा घाइते भएकोले उक्त आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न पनि सक्ने प्रहरीले जनाएको छ । सिरियाको सरकारी टेलिभिजनले पनि उक्त हमलामा परी मारिएका व्यक्तिको सङ्ख्या धेरै रहेको जनाएको छ । उक्त टिभीले ठूलो सङ्ख्याका घाइतेका तस्विरहरु पनि देखाएको छ । अलेपोमा रहेका अस्पतालहरु विरामीले भरिएका सो टेलिभिजनले देखाएको छ । टिभी फुटेजहरुमा ती घाइतेको अवस्था निकै गम्भीर रहेको भनी प्रशारण गरिएको छ । विद्रोहीहरुले आक्रमण गरेका ती जिल्लाहरु सिरियाली सरकारको नियन्त्रणमा रहेका छन् । सो क्षेत्रमा आफ्नो उपस्थिति देखाउनका लागि विद्रोहीले सो आक्रमण गरेको अनुमान गरिएको छ । सिरियामा रासायनिक हमलाको छानबीनमा नयाँ टोली यसैबीच प्राप्त अर्को एक समाचार अनुसार संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेनाबाट तथा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक आक्रमण गरिएको भन्ने विषयको छानबीनका लागि नयाँ समिति गठन गरेका छन् । महासचिव बान कि मुनले रासायनिक हतियारको प्रयोग गरी नागरिकमाथि घातक हमला गरिएको भन्दै यसले पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखी सो बारेमा अनुसन्धान गरिनुपर्ने आवाज पहिले देखि नै उठेको थियो । महासचिव बानले अर्जेन्टिनाका भर्जिनिया गम्बाको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेका हुन् । सो टोलीले सिरियामा गएर यस्ता हतियारको प्रयोग भए नभएको बारेमा अनुसन्धान गर्नेछ । उक्त संयन्त्रको स्थापना र त्यसको अनुगमनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गतहप्ता मात्र महासचिव बानलाई यो अधिकार दिएको थियो । गाम्बाले हाल संयुक्त राष्ट्रसंघको निशस्त्रीकरणसम्बन्धी निकायको निर्देशकका रुपमा कार्य गरिरहेका छन् ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies