काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
हिजोबाट सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए भने त्यसपछि उनले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
अध्यक्ष प्रचण्डदले प्रतिवेदन पेश गरे लगत्तै सबै प्रदेश र अन्तराष्ट्रिय समितिका अध्यक्ष, इञ्चार्ज एवम प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।
प्रतिवेदन पेश गर्दै उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको, जनतातिर फर्किनुपर्ने, देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने, फागुन १ देखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर एक महिने तराई मधेश जागरण अभियान सञ्चालन गर्ने र थप एक महिना पूर्व पश्चिम राजमार्गलाई केन्द्रित गरेर विशेष अभियान सञ्चालन गरिने उक्त अभियानमा पार्टीका सबै पदाधिकारी सहभागि हुने बताएका छन् ।
अध्यक्ष प्रचण्डले उपत्यका विशेष अभियान पनि सञ्चालन गर्ने र अन्य विभिन्न अभियान चलाउने पनि प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् ।
उनका अनुसार विज्ञान र प्रविधि एवम नवप्रवर्तनमा जोड दिने, युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने, आगामी निर्वाचनमा एक्लै निर्वाचनमा सहभागि हुनेगरी तयारी गर्ने, संविधान संशोधनमा अग्रगमन र परिवर्तनको पक्षको बहसलाई अघि बढाउने, टिआरसी विधेयक पारित भए पनि सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेकाले त्यसमा पहल गर्ने प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा महिला, दलित तथा मुस्लिमलाई विशेषाधिकार दिने विषय अन्यौलमा परिरहेको भन्दै अब महिलाको सहभागिता ५० प्रतिशतमा पुर्याउने, दलित, मुस्लिम तथा पिछडिएको वर्ग तथा समुदायको प्रतिनिधित्व बढाउन पहल गर्ने उल्लेख छ ।
प्रतिवेदनअनुसार नेकपा एमाले र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको छ ।
माओवादीले नेपाली कांग्रेस, एमालेसँग नमिलीकन आगामी चुनाव लड्ने तर, कांग्रेस र एमालेबाहेक साना वाम तथा प्रगतिशील शक्तिहरूसँग मिलेर चुनाव लड्ने भनिएको छ।
बैठकपछि प्रवक्ता सापकोटाले माओवादी केन्द्रका पार्टीले कांग्रेस, एमालेसँग गठबन्धन नगरी आगामी चुनाव लड्ने बताए। उनले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतसँग एकताका लागि पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्ष दाहालले राखेको जानकारी दिए।
बैठकमा अध्यक्ष दाहालले जनतामाझ पुग्न पहिलो चरणमा हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस अभियान र त्यसपछि मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। यसअघि एमालेले गरेजस्तै राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।
बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: