Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

माओवादी बैठकमा प्रस्ताव- कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने, माधवदेखि प्रभु साहसँग एकता गर्ने

ओली नेतृत्वको भण्डाफोर गर्दै जनतामा जानुपर्नेमा एकमत

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। 

हिजोबाट सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए भने त्यसपछि उनले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्ष प्रचण्डदले प्रतिवेदन पेश गरे लगत्तै सबै प्रदेश र अन्तराष्ट्रिय समितिका अध्यक्ष, इञ्चार्ज एवम प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

प्रतिवेदन पेश गर्दै उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको, जनतातिर फर्किनुपर्ने, देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने, फागुन १ देखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर एक महिने तराई मधेश जागरण अभियान सञ्चालन गर्ने र थप एक महिना पूर्व पश्चिम राजमार्गलाई केन्द्रित गरेर विशेष अभियान सञ्चालन गरिने उक्त अभियानमा पार्टीका सबै पदाधिकारी सहभागि हुने बताएका छन् । 

अध्यक्ष प्रचण्डले उपत्यका विशेष अभियान पनि सञ्चालन गर्ने र अन्य विभिन्न अभियान चलाउने पनि प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् ।

उनका अनुसार विज्ञान र प्रविधि एवम नवप्रवर्तनमा जोड दिने, युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने, आगामी निर्वाचनमा एक्लै निर्वाचनमा सहभागि हुनेगरी तयारी गर्ने, संविधान संशोधनमा अग्रगमन र परिवर्तनको पक्षको बहसलाई अघि बढाउने, टिआरसी विधेयक पारित भए पनि सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेकाले त्यसमा पहल गर्ने प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा महिला, दलित तथा मुस्लिमलाई विशेषाधिकार दिने विषय अन्यौलमा परिरहेको भन्दै अब महिलाको सहभागिता ५० प्रतिशतमा पुर्याउने, दलित, मुस्लिम तथा पिछडिएको वर्ग तथा समुदायको प्रतिनिधित्व बढाउन पहल गर्ने उल्लेख छ ।

प्रतिवेदनअनुसार नेकपा एमाले र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको छ ।

माओवादीले नेपाली कांग्रेस, एमालेसँग नमिलीकन आगामी चुनाव लड्ने तर, कांग्रेस र एमालेबाहेक साना वाम तथा प्रगतिशील शक्तिहरूसँग मिलेर चुनाव लड्ने भनिएको छ।

बैठकपछि प्रवक्ता सापकोटाले माओवादी केन्द्रका  पार्टीले कांग्रेस, एमालेसँग गठबन्धन नगरी आगामी चुनाव लड्ने बताए। उनले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतसँग एकताका लागि पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्ष दाहालले राखेको जानकारी दिए।

बैठकमा अध्यक्ष दाहालले जनतामाझ पुग्न पहिलो चरणमा हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस अभियान र त्यसपछि मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। यसअघि एमालेले गरेजस्तै राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending