Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु

खबरडबली संवाददाता

गाजा । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएको छ । 

कार्यालयले जारी गरेको विज्ञप्तिमा निहत्था नागरिक र आवासीय क्षेत्र, विशेषगरी गाजा सिटीलाई लक्षित गरी गरिएको आक्रमणलाई ‘खतरनाक र क्रूर’ भनिएको छ । मृत्यु भएका वा घाइते भएकामध्ये धेरै जना भग्नावशेषमा फसेका छन् र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पतालसम्म पुग्न र स्वास्थ्यलाभमा बाधा पुगेको छ । गाजामा प्यालेस्टिनी नागरिक सुरक्षा अधिकारीहरूले इजरायली हवाई आक्रमण विगत तीन दिनदेखि हिंसात्मक रूपमा तीव्र भएको पुष्टि गरेका छन्, जसलाई स्थानीय बासिन्दाहरूले असाधारण कठिन समयको रूपमा वर्णन गरेका छन् । 

वक्तव्यमा इजरायली सेनालाई यी ‘भयानक आक्रमण’ को लागि पूर्णरूपमा जिम्मेवार ठहर्‍याइएको छ र इजरायललाई हतियार र राजनीतिक समर्थन प्रदान गरेकोमा अमेरिकी प्रशासनको आलोचना पनि गरिएको छ । यसले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्लाई यी ‘जघन्य अपराधहरू’ को दस्तावेजीकरण गर्न र अपराधीहरूको जवाफदेहिता सुनिश्चित गर्न स्वतन्त्र अनुसन्धान टोलीहरू पठाएर आफ्नो कानुनी र नैतिक दायित्वहरू पालन गर्न आह्वान गरेको छ । इजरायली रक्षामन्त्री काट्जले बुधबार हमासले बन्धकहरूलाई रिहा नगरे र इजरायलमाथि रकेट प्रहार गर्न बन्द नगरे ‘व्यापक बल’ प्रयोग गर्ने चेतावनी दिएपछि गाजामा इजरायली हवाई आक्रमण बिहीबार बिहान सुरु भएको थियो ।

सन् २०२३ अक्टोबर ७ मा शत्रुता सुरु भएदेखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ । युद्धका कारण गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणबाट एक हजार २०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो र लगभग २५० जनाको अपहरण भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE