Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संविधानसभामा दर्ज भएकाे फरक मत नै संविधान संशोधनको बिषय बनाउनु पर्छ: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउन सकिने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले संविधानसभामा माओवादी केन्द्रले दर्ता गरेकाे फरक मत नै संविधान संशाेधनकाे एजेण्ड बनाउनु पर्ने बताएका हुन् ।

प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउन उद्घाेष गरेका हुन् । उनले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको पनि  बताएका छन् । पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताएका छन् । ‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चन्दा र कमिशनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन ।’

पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताए । केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भनेका छन् । उनले माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने पनि बताए । 

प्रचण्डले संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ भइरहेको पनि बताएका छन् । ‘एमाले सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्कै कुरा गर्दै आएको छ’ प्रचण्डले भने, ‘हामीसँग सहकार्यमा हुँदा अलि नरम र सहकार्य टुटेपछि धेरै गरम हुँदा टीआरसी अगाडि बढाउन पूरै ढिलासुस्ती भएको छ ।’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending