टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् ।
जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ । पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ । इवातेले तीन किलोमिटर (१.८६ माइल) को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।
सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त षेत्रबाट बाहिर जानबाट रोकिने छ । बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।
डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...
पौष २२ गते, २०८१ - २०:०१
भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गर...
पौष २२ गते, २०८१ - १९:३८
काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
प्रतिकृया लेख्नुहोस्: