Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

खबरडबली संवाददाता

लन्डन । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य भए । 

बेलायतमा आइतबार पनि मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । त्यहाँ तीन सय मिटर (९८५ फिट) माथिको भू–भागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय अलग्गिन सक्ने चिन्ता छ । 

देशको विद्युत सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत आपूर्ति बन्द भएपछि पुनःस्थापना गर्ने काम गरिरहेको बताएको छ । कम्पनीको प्रत्यक्ष नक्शाले मध्य इङ्गल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती देखाएको छ । 

धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् तर लिभरपूल र म्यानचेस्टर युनाइटेड बीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ । यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द गर्नुपरेको थियो तर तर दुवै आइतबार बिहान ढिलोसम्ममा पुनः खोल्न तयार देखिन्थे । यद्यपि लिड्स ब्राडफोर्ड विमानस्थलले आइतबार बिहान आफ्नो धावनमार्ग बन्द गरेको बताएको छ । 

क्रिसमस र नयाँ वर्षको बिदाबाट धेरै परिवारहरू घर फर्किने र विद्यार्थीहरू विश्वविद्यालयतर्फ फर्कने दिन भएकाले अत्यन्त व्यस्त हुने यो दिनमा सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएको थियो । स्थानीय अधिकारीहरूले धेरै सडकहरू पहिले नै बन्द गरेका थिए तर अन्यत्र फसेका सवारी साधन र दुर्घटनाहरूले अवरोध सिर्जना गरेका छन् । रेलमार्गमा धेरै सेवाहरू रद्द गरिए र राष्ट्रिय रेलले अवरोध कार्य हप्तासम्म जारी रहने चेतावनी दिएको छ ।

बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले आइतबार हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इङ्गल्यान्ड र दक्षिणी स्कटल्याण्डमा सबैभन्दा बढी हुने बताएको छ । अति चिसो पानी ठोक्किएर जम्ने जमाउने वर्षाको अनुभव गरेपछि दक्षिणी क्षेत्र केही न्यानो हुनेछ ।

वातावरण एजेन्सीले दक्षिणी इङ्गल्यान्डमा टाव नदी र एभन नदीमा आठवटा बाढीको चेतावनी पनि जारी गरेको छ । हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ । त्यहाँ जहाँ दक्षिणपश्चिमबाट जाडो मौसम फैलिएको छ । अधिकारीहरूले चालक र पैदल यात्रीहरूका लागि कालो बरफ चेतावनी जारी गरेका छन् र मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन् । 

फ्रेङ्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनायो । म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो । बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन सहर नजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठ जना घाइते भए । फ्रेङ्कफर्ट क्षेत्रमा लामो दूरीका रेल सम्पर्कहरूमा पनि अनियमितता देखियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending