Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन : महामन्त्री शर्मा

खबरडबली संवाददाता

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आइतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिए । “राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ । कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको कुरा पनि गरिरहेका छन्, तत्काल नेपालमा त्यसको आवश्यकता छैन । संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन”, महामन्त्री शर्माले भने । 

त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनको भनाइ थियो । “लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ । सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ”, महामन्त्री थापाले भने । 

यसैगरी उनले कांग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटा व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठक भोली पनि बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...

भारतकाे छत्तिसगढमा माओवादी विद्रोहीकाे आक्रमणमा परी नाै सुरक्षाकर्मीको मृत्यु

भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गर...

काठमाडौंको डिल्लीबजारमा एकजना मृत फेला

काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...

सप्तरीमा तीन महिनाकाेबीचमा १९२ फरार प्रतिवादी पक्राउ

सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...

त्रिवि कार्यकारी परिषदमा चारजना नियुक्त

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...

गृह मन्त्रालयद्वारा सात जिल्लाका सिडिओ परिवर्तन

काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...

राज्य व्यवस्था समिति बैठकमा सभापति र सदस्यबीच चर्काचर्की भनाभन

काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ ।  समि...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीमा गुटबन्दी बढ्यो

काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...

माओवादी केन्द्रको बैठक: पार्टीलाई एकतावद्ध बनाउन माग

दोश्रो दिन ८० जनाले धारणा राखे

गाेरखामा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy