दोहा । इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफलाई शुक्रबार जानकारी गराएको जनाएको छ ।
दोहामा भएको भेटमा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले विटकोफसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम र विशेषगरी गाजामा युद्धविराम गर्ने प्रयासबारे छलफल गरेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।
यसै महिनाको सुरुमा मध्यस्थकर्ताहरूले गाजा युद्ध अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धक बनाइएका दर्जनौं इजरायली बन्धकहरूको रिहाईका लागि नयाँ प्रयास सुरु गरेका थिए।
कूटनीतिक स्रोतहरूले हमास र इजरायलमाथि अप्रत्यक्ष वार्तामा सम्झौता गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको सङ्केत गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्तामा ‘वास्तविक प्रगति’ भएको बताएका छन् । ट्रम्पले जनवरी २० मा आफ्नो सपथ ग्रहण गर्नुअघि बाँकी बन्दीहरूलाई रिहा नगरे हमासलाई ‘नराम्रो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।
विश्लेषकहरूका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जो बाइडेनको प्रशासनको अन्तिम दिनमा भन्दा ट्रम्पको कार्यकालमा सम्झौतालाई अन्तिम रूप दिन चाहेको बताइँदै आएको छ ।
इजरायली थिङ्क ट्याङ्क ‘मिसगाभ इन्स्टिच्युट फर नेसनल सेक्युरिटी एण्ड जियोनिस्ट स्ट्राटेजी’का वरिष्ठ अनुसन्धाता कोबी माइकलले यसै साताको सुरुमा एएफपीसँग भनेका थिए, “अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले कार्यभार सम्हाल्दासम्म म महत्वपूर्ण प्रगतिको अनुमान गर्न सक्दिनँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: