काठमाडौं ।
‘ए सिउँदो भरेर
जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर
जन्ती अघि पछाडी घोडा चढेर...’
थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक तथा दोहोरी गायक प्रकाश कटुवाल यस्तो शब्दसहित आफ्नो नयाँ गीत ‘घोडा चढेर’ लिएर दर्शकमाझ आएका छन् । यो गीतको भिडियोलाई गायक कटुवालले आफ्नै प्रकाश कुटवाल अफिसियल युट्युव च्यानलबाट रिलिज गरेका हुन् ।
काँठो भाकाको यो गीत निकै रमाईलो छ । यो गीत रोमाञ्चकसँगै नृत्य प्रधान शैलीमा तयार गरिएको छ । गीतमा गायक प्रकाश कटुवाललाई महिला स्वरमा गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन् ।
माघ महिना सुरु हुँदैगर्दा अविवाहितका लागि गीतबाटै विवाहको प्रस्ताव राख्न सहज होस भनेर यो रमाईलो गीत सार्वजनिक गरिएको गायक प्रकाश कटुवालले बताएका छन् । गीतमा मन परेको प्रेमीकालाई घोडा चढेर जन्तीसहित आएर केटाले लाने कुरा गरिएको छ ।
यो माधुर्य गीतलाई विनोद ढकालले लेखेका हुन् । गीतमा संगीत भने गायक प्रकाश कटुवाले नै सृजना गरेका छन् । यो गीतमा संगीत सँयोजन कमल सुरागको छ भने कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।
विवाहको लागि सजाईएको जस्तो सुन्दर देखिएको घरको आँगनमा बसेर दोहोरी खेल्दै यो गीतको भिडियोलाई त्यत्तिकै रमाईलो बनाईएको छ । गीतमा केटाले केटी पक्षलाई बेहुली बन्न प्रस्ताव राखिएको छ । तर केटी पक्षले विभिन्न बहाना गरेको देखिन्छ । गायनसँगै मोडलहरुको नृत्य आकर्षक बनेको छ ।
यो गीतको भिडियोलाई काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन मा काजिश गरेका हुन् । जसमा काजिश श्रेष्ठसँगै लोमस शर्मा, गीता ढुंगाना र यशु भट्टराइको मुख्य भूमिका रहेको छ । गीतको भिडियोमा अन्य कलाकारको पनि नृत्य एवम् अभिनय रमाईलो छ ।
गीत घोडा चढेरको भिडियोमा दुर्गा पौडेलको छायांकन, दिपक विष्टको सम्पादन रहेको, सरिता मगरको सृंगार रहेको छ । गीत र भिडियोलाई स्मृति म्युजिक प्रा.लि.ले निर्माण गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: