Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने

खबरडबली संवाददाता

काठमाडाैं। चलचित्र 'कार्साङ' को टिम  माघ २ गते पूर्वका विभिन्न हलहलमा पुग्ने भएका छन्।

फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित देखिएकाे जनाएकी छिन्।

उनले खुशी व्यक्त गर्दै भनिन्, 'यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु।'

कार्साङू चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ। आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्दछ।

यस फिल्मको प्रमुख भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु र दीया मास्के रहेका छन्। 'कार्साङ' को रनटाइम १२६ मिनेट रहेको छ र यसको सर्टिफिकेट युनिभर्सल रहेको छ।

चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। विशेषगरी, दयाहाङ र जितु नेपालको अभिनयलाई निकै सराहना गरिएको छ। दर्शकहरूले शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउने आशा व्यक्त गरेका छन्। निर्देशक यम शेर्पाले भने, 'हामीले दर्शकबाट चाहिएको माया र अपेक्षा पूरा हुनेगरी फिल्म निर्माण गरेका छौँ।'

'कार्साङ' को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा विश्वास, समाजको परम्परा र आर्थिक गतिविधिहरूलाई देखाइएको छ। समाजको बहिष्कार, द्वेष र परिवारमा देखिने विचलनको कुरा गर्दै मुख्य पात्रको स्वाभिमानको संघर्ष प्रस्तुत गरिएको छ।फिल्म पारिवारिक कथावस्तुमा आधारित छ र ग्रामीण परिवेशमा आधारित रहेको निर्देशक यम शेर्पाले बताए ।  यस फिल्ममा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ।

'कार्साङ' फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स को प्रस्तुतिमा बनेको हो। फिल्मका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...

झापा–५ मा ओलीको जीत सुरक्षित, कुनै जोखिमको अवस्था छैन: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...

बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुन: सुरु

ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...

अमेरिकी सरकार सटडाउनतर्फ

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...

शिभाली एसिया–प्यासिफिकमा चौथो

काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् ।  अस्ट्रेलियन...

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप...

पाँच दिनदेखि सम्पर्कविहीन बेघा मृत अवस्थामा फेला

फिदिम । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुगेका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएको छन् । जिल्लाको याङवरक गाउँपालिका २ तिमत...

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेको छिन्। शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श...

बालेनको चुनावी प्रचारमा अछाम पुगेका अभियन्ता बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending