Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

खबरडबली संवाददाता

मुम्बइ। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो ।

जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले निकै बक्स अफिसमा राम्रो कमाई पनि गरेको थियो ।

यस फिल्ममा एमसी शेरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदीले फरक पहिचान पाएका थिए तर अहिले फेरी यो फिल्मको सिक्वेलको पनि चर्चा चलिरहेको छ । अब यो फिल्मको सिक्वेल ६ वर्षपछि आउन लागेको खबर छ तर यसमा रणवीर सिंह र आलिया भट्टको जोडी फेरि सँगै नदेखिने भएका छन् ।

अहिलेसम्म आधिकारिक घोषणा नभए पनि विक्की कौशल र अनन्या पाण्डेको नयाँ जोडी फिल्ममा देखिने खबर छ । सिद्धान्त चतुर्वेदी र रणवीर सिंह यसमा सहभागी हुनेछन् वा छैनन् भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन तर यदि यस्तो भयो भने फिल्मको उत्साह झनै बढ्नेछ । 

नेटफ्लिक्स सिरिज ‘खो गए हम कहाँ’ निर्देशन गरेका अर्जुन वरेन सिंहले फिल्म निर्देशन गर्ने बताइएको छ । अनन्या पाण्डेले अर्जुन वरेन सिंहसँग  ‘खो गए हम कहाँ’ मा काम गरेकी थिइन । यसका लागि आफू नै उपयुक्त छनोट भएको फिल्म निर्माताको विश्वास छ । विक्की केही समयदेखि यस प्रोजेक्टमा संलग्न रहेको रिपोर्टमा उल्लेख छ ।

यस फिल्मको कथा स्ट्रीट र्‍यापर डिभाइन र नेजीको जीवनबाट प्रेरित थियो। मुम्बईको बस्तीमा बस्ने र्‍यापर मुरादको कथा फिल्ममा बताइएको छ । फिल्ममा मुरादको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन् जसले आफ्नो सांगीतिक सपना पूरा गर्न सामाजिक र आर्थिक चुनौतीहरूको सामना गर्छन्। सफिनाको भूमिकामा देखिएकी आलिया भट्ट यस पात्रमा निकै राम्रो देखिएकी थिइन् । उनी बाहेक फिल्ममा विजय वर्मा, अमृता सुभाष, विजय राज र कल्की केकलान पनि थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending