गाजा। कतारको प्रयासको १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुनेछ।
तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार (१५ जनवरी) इजरायलले गाजा पट्टीमा फेरि विस्फोट गराएको हो । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजामा हालै इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको र करिब २५८ जना घाइते हुन पुगेका छन् ।
गाजा सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले बिहीबार अर्थात १६ जनवरी एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “बुधवार अर्थात १५ जनवरीमा युद्धविराम सम्झौता घोषणा भएपछि इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको छ भने र २५८ जना घाइते भएका छन् । यो युद्धविरामको घोषणा पछिको अवधिमा अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो।’ एजेन्सीका प्रवक्ताले अगाडी भने, “इजरायली आक्रमणमा परी ज्यान गुमाउनेमा २३ बालबालिकाका साथै २५ जना महिला पनि रहेका छन् ।’
उही समयमा, इजरायली रक्षा बलले बिहीबार भन्यो कि, ‘आज इजरायली सेनाले गाजा पट्टीमा लगभग ५० आतंकवादी स्थानहरूमा आक्रमण गरेको छ ।’ यसको सर्बत्र आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - ०९:५१
तनहुँ। कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार स...
फाल्गुन १२ गते, २०८२ - ०९:४५
गुल्मी। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पक...
फाल्गुन ११ गते, २०८२ - १६:५२
काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...
फाल्गुन ११ गते, २०८२ - १६:४१
किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...
फाल्गुन ११ गते, २०८२ - १६:३५
झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...
फाल्गुन ११ गते, २०८२ - १६:२४
काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...
फाल्गुन ११ गते, २०८२ - १६:०२
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...
फाल्गुन ११ गते, २०८२ - १५:३६
हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...
फाल्गुन ११ गते, २०८२ - १५:२६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...
फाल्गुन ११ गते, २०८२ - १५:१५
धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...



प्रतिकृया लेख्नुहोस्: