काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री नियन्त्रण गर्न बनेको ऐन तथा नियमावली उल्लङ्घन भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन सम्बन्धित सबैलाई अनुरोध गरे।
सरकारले मातृ शिशु मैत्री अभियानअन्तर्गत सम्पूर्ण सरोकारवालाहरुलाई स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्दै स्तनपानलाई निरुत्साहित गर्ने वस्तुहरुको अनुचित बजारीकरणलाई नियन्त्रण गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु–बिक्री नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ ल्याएको छ ।
उक्त ऐन र नियमावालीको कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सबै सरोकारवालालाई सो ऐन तथा नियमावली प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउनहुन मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।
शिशु जन्मिएपछि जतिसक्दो चाडो–एक घण्टाभित्र अनिवार्य रुपमा आमाको बिगौती दूध खुवाउनुपर्छ । चिकित्सकका अनुसार बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्नुका साथै बाल मृत्युदरलाई समेत घटाउन मद्दत गर्छ । त्यसका अलाव आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सक बताउछन् ।
आमाको दूधमा शिशु जन्मेपछि छ महिनाको उमेसम्म चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरु पाइने हुनाले शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बुढाथोकीले आग्रह गरे। छ महिना पश्चात थप पोषिलो खानाका साथै कम्तिमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिन उनको सुझाव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: