Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

खबरडबली संवाददाता

जेरुसेलम । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो । विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए।

सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँच जना प्यालेस्टिनीसँग जुबेदी भागेको थिए । रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि हसनुहुन्छ जसलाई इजरायलले गिरफ्तार गरेर कैयौँ पटक जेलमा राखेको थियो ।

जरार इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ द्वारा ‘आतंकवादी सङ्गठन’ घोषित एक समूह प्यालेस्टाइनको मुक्तिको लागि लोकप्रिय मोर्चाको एक प्रमुख सदस्य हो  ।

सन् १९६७ देखि इजरायलले कब्जा गरेको प्यालेस्टाइनी क्षेत्र वेस्ट बैंकमा डिसेम्बरको अन्त्यतिर पक्राउ परेका ६० वर्षीय उनलाई त्यसयता बिना कुनै अभियोग हिरासतमा राखिएको छ ।

हमासनिकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार रिहा गरिने बन्धकको पहिलो समूहमा तीन जना इजरायली महिला सैनिक रहेका छन् ।

यद्यपि, प्यालेस्टिनी इस्लामी आन्दोलनले सैन्य उमेरको कुनै पनि इजरायलीलाई सैनिक मान्दछ ।

एएफपीले प्राप्त गरेको पहिलो चरणमा रिहा हुने ३३ बन्धकमध्ये पहिलो तीन जनाको नाम हमास आक्रमणको दिन सैन्य सेवामा नरहेका ३० वर्षमुनिका महिला रहेका छन् ।

न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमासद्वारा रिहा गरिएका जीवित बन्धकहरूको सङ्ख्यामा निर्भर हुने बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जन गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएको कदमलाई ‘पार्टी विसर्जन’ को रूपमा व्याख्या गरेका ...

१२ किलोमा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमर...

पशुपति क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र बनाउनु हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुशीला कार्की ले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण ...

रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ एमालेमा फर्किए

काठमाडौँ । नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ चार वर्षपछि पुन: नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरू २०७८ सालमा एमाले विभाजन ...

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

जनकपुरधाम । मधेश प्रदेशमा हालै गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको भ...

कांग्रेस चुनावमा सहभागी हुन्छ, देशको यो संकट कांग्रेसले नै पार लगाउछ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको बताएका छन्। सो...

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

क्विटो। इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाक...

दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो २:४३ को समयमा भुकम्प गएको छ । गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप...

मोटरबाटो स्तरोन्नति ठेक्का प्रक्रियामा ८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना: विशेष अदालतमा मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का...

भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्। समारोह काठमाडौँको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending